Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

सखुवा प्रसाैनीकाे क्वारेन्टाइनका २३ जनालाई घर पठाइयाे, पुन: ५० जनाकाे स्वाब संकलन

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका अध्यक्ष सहित ५३ जनाकाे पिसिआर रिपाेर्ट नगेटिभ आएकाे छ । गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल सहित ५३ जनाकाे रिपाेर्ट नगेटिभ आएकाे प्रमुख प्रशासकिय अधिकृत सन्देश यादवले जानकारी दिए ।

उनका अनुसार जेठ ७ गते वडा नं. ३ काे श्रीपुर स्थित श्री दिपनारायण मावि औंराहा पांचगावामा १० जना र संक्रमित क्षेत्र वडा नं. १ काे सिद्धपुरमा ४३ जना गरी ५३ जनाकाे गरिएकाे स्वाब संकलनकाे रिपाेर्ट नगेटिभ आएकाे हाे ।

श्रीद्धपुरस्थितकाे क्वारेन्टाइनमा रहेका २३ जना रिपाेर्ट नगेटिभ आए पछि उनीहरुलाई आज घर पनि पठाइएकाे गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनियारले वताए ।

साे अवसरमा प्रदेश सांसद मंजुर अन्सारी, गाउँपालिका अध्यक्ष जयसवाल लगायतकाकाे पनि उपस्थिती रहेकाे थियाे ।

यसै बिच आज फेरी औंराहा पांचगावा स्थित क्वारेन्टाइनमा रहेकाहरुकाे स्वाब संकलन गरिएकाे छ । क्वारेन्टाइनमा रहेका ४७ जना र स्वास्थ्यकर्मी ३ जना गरी ५० जनाकाे पिसिआर बिधिबाट काेराेना परिक्षणकाे लागि स्वाब संकलन गरिएकाे संयाेजक राैनियारले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...