Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

पिसिआर मेसिन र भिटिएम खरिद गर्न महानगरलाई सहयाेग प्राप्त हुदै

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकालाई काेराेना भाइरस राेकथाम तथा नियन्त्रणकाे लागि सहयाेग प्राप्त हुन थालेकाे छ ।महानगरलाई पिसिआर मेसिन, भिटिएम किट लगायकाे सामग्री खरिद गर्न सहयाेग जुटन थालेकाे हाे ।

भागवती स्टिल आइएनडी प्रालि वीरगंज र सानाेपाइला बचत तथा ऋण सहकारी संस्थाले आज सहयाेग गरेकाे महानगरपालिका मेयर विजय सरावगीले वताए ।

काेराेना परिक्षणकाेलागि पिसिआर मेसिन, भिटिएम किट लगायतका सामग्री खरिद गर्न भागवती स्टिलले रु एक लाख एक हजार र सानाे पाइला बचतले रु ५१ हजार एक सय ५१ सहयाेग गरेकाे मेयर सरावगीले जानकारी गराए ।

मेयर सरावगीले काेराेनासंग लड्न पिसिआर मेसिन, भिटिएम लगायतकाे सामग्री खरिद गर्न बिस्तारे सहयाेग जुटदै गएकाे वताए ।

सहयाेग रकम बराबरकाे चेक वीरगंजका महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई भागवती स्टिलका प्रतिनिधि र सानाेपाइला बचतकी प्रबन्धक तस्बिरन खातुनले महानगरकाे कार्यालयमा पुगी हस्तान्तरण गरेकाे मेयर सरावगीकाे सचिवालयले जनाएकाे छ ।

सहयाेग रकम बराबरकाे चेक बुझ्दै मेयर सरावगीले वीरगंजलाई करोना मुक्त बनाउन सहयोग गर्ने भागवती स्टिल र सानाेपाइला बचतलाई धन्यावाद समेत दिनुभयाे ।

यस अघि पनि एशियन लाईफ इन्सुरेशन कम्पनीले वीरगंज महानगरलाई पिसिआर मेसिन र भिटिम खरिदकाे लागि रु एक लाख ५१ हजार सहयाेग गरेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...