Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

राैतहटमा ३६ र बारामा ७ सहित थप ११४ जनामा काेराेना संक्रमण

spot_img
spot_img

वीरगंज । नेपालमा थप एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । याेसंगै संक्रमितको संख्या ८ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा झापाका १७ जना, सप्तरीका ११ जना, मकवानपुर हेटौंडाका १, रौतहटका ३६, बागलुङका ६, रुकुम पूर्वका ३, दाङका १५, बाँकेका १६, सिरहाका २, बाराका ७ जना रहेका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक र बाराका एक गरी ४ जनाको मृत्यु भएको छ ।

संक्रमित मध्ये एक सय ८३ जना निकाे भएर घर फर्किइसकेका छन् ।

मन्त्रालयका अनुसार मंगलबार सम्म पीसीआर विधिआट हालसम्म ५८ हजार २  सय ७७ परीक्षणहरु गरिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...