Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026

पर्साका २९ क्वारेन्टाइनमा १२ सय ६५ जना, ३ हजारकाे पिसिआर परिक्षण

spot_img
spot_img

वीरगंज । पर्साका १४ स्थानिय तहकाे २९ ठाउँमा क्वारेन्टाइन संचालनमा रहेकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

वीरगंज महानगरपालिकाकाे ५, ठाेरी गाउँपालिकाकाे ५, जगरनाथपुर गाउँपालिकाकाे ४, जिराभवानी गाउँपालिकाकाे २, पर्सागढी नगरपालिकाकाे २, पटेर्वा सुगाैली गाउँपालिकाकाे २, सखुवा प्रसाैनी गाउँपालिकाकाे २ ठाउँमा र कालिकामाई गाउँपालिका, पकहा मैनपुर गाउँपालिका, बहुदरमाई नगरपालिका, पाेखरिया नगरपालिका, धाेबिनी गाउँपालिका, बिन्दवासिनी गाउँपालिका, छिपरहमाई गाउँपालिकाकाे एक-एक ठाउँमा क्वारेन्टाइन संचालनमा रहेकाे सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

पर्सामा संचालन रहेकाे क्वारेन्टाइनहरुकाे बेड क्षमता १२ सय ६५ रहेकाे उनले वताए ।

उनका अनुसार हाल पर्साका क्वारेन्टाइनमा ३४ महिला र ४ सय ९८ पुरुष सहित ५ सय ३२ जना रहेका छन् । यी सबै भारतबाट आएका, कन्ट्रेक्ट ट्रेसिङ्ग गरिएका, स्वाब संकलन गरिएका र अन्य शंकास्पद व्यक्तिहरु हुन् ।

यस्तै क्वारेन्टाइनमा १४ दिन बसे पछि काेराेना परिक्षण गर्दा रिपाेर्ट नगेटिभ आएका ४ सय २५ जना हाेम क्वारेन्टाइनमा रहेका छन् ।

काेराेना संक्रमितकाे उपचारकाे लागि पर्सामा आइशाेलेसन एक सय २८ बेड क्षमताकाे रहेकाे छ । नारायणी अस्पतालमा ७०, गण्डक काेराेना बिशेष अस्पतालमा ५० र पाेखरिया नगरपालिकामा ८ बेडकाे आइशाेलेसन रहेकाे सहायक प्रजिअ बस्नेतले वताए ।

हाल ६ महिला सहित ३० जनालाई गण्डक काेराेना अस्पतालकाे आइसाेलेशनमा राखिएकाे उनले जानकारी गराए ।

जिल्ला प्रशासन कार्यालय पर्साले आफ्नाे आधिकारिक समाजिक संजाल फेसबुकमा सार्बजनिक गरेकाे तथ्यांक अनुसार हाल सम्म जम्मा ३ सय ८० जनाकाे स्वाब संकलन गरिएकाे छ । जस मध्ये २९ सय ५५ काे स्वाब परिक्षणकाे नतिजा आइसकेकाे छ ।

नयाँ एक सय जनाकाे स्वाब संकलन भएकाे छ भने एक सय २५ जनाकाे स्वाब परिक्षणकाे नतिजा आउन बाकी रहेकाे छ ।

अस्पताल भर्ना भएका ७२ जना काेराेना संक्रमित निकाे भई डिस्चार्ज भएका छन् । जस मध्ये साेमबार मात्र ४३ जना नारायणी अस्पतालबाट डिस्चार्ज भएका थिए ।

यस्तै हाल सम्म आरडिटी टेस्ट २ हजार ४ सय ६६ जनाकाे गरिएकाे छ ।

जिल्ला प्रशासन कार्यालयले कालाेबजारी गर्ने १२ जनाकाे कारबाही गरिएकाे र हाल सम्म वीरगंज महानगरपालिका, बिन्दवासिनी गाउँपालिका र जगरनाथपुर गाउँपालिका बाहेक २२ हजार ७ सय ५८ जनाले राहत पाएकाे जनाएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रोहिणी नक्षत्रसँगै पर्सामा धानको बीउ राख्न सुरु, किसान अझै भारतीय बीउमै निर्भर

सेढवा । रोहिणी नक्षत्र सुरु भएसँगै पर्साका ग्रामीण भेगका किसानहरूले वर्षे धानबालीको तयारी तीव्र बनाएका छन् । किसानहरूले भदई तथा अगहनी धानअन्तर्गत सोना सारो,...

हरवाचरवा समुदायको पुनर्स्थापनाका लागि बजेट छुट्याउन सरकारलाई दबाब

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवा समुदायको सवाल समेटेकोमा स्वागत गर्दै मुक्त हरवाचरवा अधिकार मञ्चले यसको...

जगरनाथपुर गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, लक्षित बालबालिकाको...