Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

नारायणी अस्पतालमा तत्काल जनरल सेवा संचालन गर्न माग

spot_img
spot_img

वीरगञ्ज । वीरगंजको नारायणी अस्पतालमा तत्काल समपूर्ण जनरल सेवा संचालन गर्न जनता समाजवादी पार्टी वीरगञ्ज महानगर कार्य समितिले माग गरेको छ ।

अस्पतालमा उपचाररत सबै कोरोना संक्रमित निकाे भई डिस्चार्ज भइसकेकाले छिटोभन्दा छिटो अस्पतालबाट जनरल सेवा सुरु गर्न माग गर्दै अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा.मदन उपाध्यायलाई जनता समाजवादी पार्टी वीरगञ्ज महानगर कार्य समितिले ज्ञापन पत्र बुझाएको हो ।

पार्टीकाे वीरगञ्ज महानगर कार्य समितिका अध्यक्ष लियाकत अलीकाे नेतृत्वकाे टाेलीले अस्पताल मै पुगी इमर्जेन्सी सेवा, ओपीडी, प्रसुती लगायत सबै सेवा संचालनमा ल्याउन माग गर्दै ज्ञापन पत्र बुझाएकाे जनता समाजवादी पार्टीका नेता राजेशमान सिंहले वताए ।

ज्ञापन पत्र बुझ्दै मेसु उपाध्यायले सबैको सहयोगमा नारायणी अस्पताललाई छिटो भन्दा छिटो जनरल सेवा दिने अस्पतालको रुपमा सञ्चालनमा ल्याउने बताए ।

ज्ञापन पत्र बुझाउन महानगर अध्यक्ष अलीसहित, कोषाध्यक्ष अफरोज आलम, वडा नं ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार, सदस्य तुफैल अख्तर, नेताहरू रूपेशमान सिंह, सलाउद्दीन मंसुरी, राहुल तुल्स्यान, जियाउल हक हवारी, विधार्थी नेता मधुसूदन चौरसिया लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...