Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

छिपहरमाईकाे क्वारेन्टाइमा रहेका ५८ जनालाई घर पठाइयाे

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेका ५८ जनाकाे पिसिआर रिपाेर्ट नगेटिभ आएपछि घर पठाइएकाे छ ।

गाउँपालिकाकाे वडा नं. ५ भिस्वा स्थित श्री मंगल माविकाेकाे क्वारेन्टाइनमा रहेका ५८ जनाकाे पिसिआर बिधिबाट गरिएकाे काेराेना परिक्षणकाे रिपाेर्ट नगेटिभ आए पछि घर पठाइएकाे प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले वताए ।

यी सबै जनाकाे जेठ ७ गते स्वाब संकलन गरि पिसिआर परिक्षणकाे लागि नारायणी अस्पतालमा पठाइएकाे थियाे । नारायणी अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परिक्षणमा साेमबार सांझ रिपाेर्ट नगेटिभ आए पछि सबै जनालाई घर पठाइएकाे हाे ।

अहिले पनि भिस्वास्थित मंगल माविकाे क्वारेन्टाइनमा २१ जना रहेकाे प्रमुख प्रशासकिय अधिकृत साहले जानकारी दिए ।

साेही क्वारेन्टाइनमा रहेका १४ जनामा बैशाख ३० गते काेराेना संक्रमण फेला परेकाे थियाे । ति सबै जना पनि साेमबार नै काेराेना निकाे भएर नारायणी अस्पतालकाे आइसाेलेसनबाट डिस्चार्ज भएकाे गाउँपालिका स्वास्थ्य संयाेजक शम्भु साहले वताए ।

यता अहिले पनि छिपहरमाई गाउँपालिकाकाेे वडा नं. ४  श्री नेरा प्रावि तुलसी बर्वाकाे क्वारेन्टाइनमा ४० जना र वडा नं. ३ स्थित श्री नेरा प्रावि बुडगाइनकाे क्वारेन्टाइनमा ८ जना रहेकाे गाउँपालिका कार्यालयले जनाएकाे छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...