Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

भिस्वामा राेकिएका २९ जनालाई जगरनाथपुर गापाले क्वारेन्टाइनमा राख्याे

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकाकाे वडा नं. ५ भिस्वास्थित राेकिएकाहरु आ आफ्नाे पालिका तर्फ लागेका छन् ।

भारतकाे हरियाणाबाट आएका ३८ जना कामदारहरु आज विहान भिस्वास्थित सिमानाकामा राेकिएका थिए ।

जसमध्येका जगरनाथपुर गाउँपालिकाका २९ जनालाई गाउँपालिकाले आफ्नाे जिम्मामा लिएर क्वारेन्टाइनमा राखेकाे छ । वडा नं. ६ मा घर भएका सबै जनालाई भिस्वाबाट ल्याई सन्ठी स्थित विद्यालयकाे क्वारेन्टाइनमा राखिएकाे गाउँपालिका अध्यक्ष जालिम मियाँले वताए ।

जगरनाथपुर गाउँपालिकाले तिनिहरुलाई लिन पठाएकाे टेक्टरमा सखुवा प्रसाैनी गाउँपालिकाकाे पनि एक जना आफ्नाे घर गएकाे हाम्रा सम्वाददाताले वताएका छन् ।

यस्तै वीरगंज महानगरपालिकाकाे ४ जना र बहुदरमाई नगरपालिकाका ४ जनालाई सांझ सम्म लिन काेइ नगए पछि आफै टेम्पाे रिजर्फ गरी आ आफ्नाे घर तर्फ लागेकाे हाम्रा सम्वाददाता आलाेक कुशवाहाले वताए ।

सबैजनालाई भिस्वा प्रहरी चाैकीले राेकेर आफ्नाे नियन्त्रणमा राखेकाे थियाे । भारतबाट आएकाहरुकाे सम्बन्धित स्थानिय तहका जनप्रतिनिधिहरुलाई प्रहरी चाैकी भिस्वाका सई प्रेम खत्रीले फाेनमा सम्पर्क गरी आएर आफ्नाे जिम्मा लग्न जानकारी गराएका थिए ।

४ दिन पहला ट्रकले हरियाणाबाट हिंडेका उनीहरु साेमबार विहान भिस्वास्थित आएर पुगेका थिए ।

भिस्वामा राेकिएकाहरु २ दिन देखी भाेकै रहेकाले कालिका टाईम्मसले बिस्कुट, चाउचाउ र पानी वितरण गरेकाे थियाे।

पछि छिपहरमाई गाउँपालिकाले पनि उनीहरुलाई पुरी र सेवई खुवाएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...