Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

७२ घण्टा पछि नारायणी अस्पतालकाे जनरल सेवा सुचारु हन्छ : मेयर सरावगी

spot_img
spot_img

वीरगंज । नारायणी अस्पताल अव आम सर्वसाधारण जनताको उपचार गर्ने अस्पतालको रुपमा संचालन हुने वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले वताएका छन् ।

उनले आफ्नाे आधिकारी समाजिक संजाल फेसबुकमा नारायणी अस्पतालको आइसोलेशनमा भर्ना भएको सम्पूर्ण कोरोना संक्रमित विरामीहरु आज स्वास्थ लाभ गरी डिस्चार्ज हुनु भएको छ । कोरोना संक्रमणलाई जितेर अस्पतालबाट डिस्चार्ज हुनुभएका सम्पूर्ण महानुभावहरुको पूर्ण स्वास्थलाभको कामना गर्दछु ।

भोली देखिनै वीरगंज महानगरपालिकाले नारायणी अस्पताललाई संक्रमण मुक्त राख्न निर्मलीकरण (स्यानिटाइज)को कार्य गर्नेछ र ७२ घण्टा पछि अस्पताल पूर्णरुपमा जनरल अस्पतालको रुपमा संचालनमा आउने लेखेका छन् ।

उनले नारायणी अस्पताललाई सर्वसाधारण जनताले उपचार गर्न पाउने अस्पतालको रुपमा संचालन गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य महानगरपालिकाले गर्ने समेत लेखेका छन् ।

मेयर सरावगीले नारायणी अस्पतालाई जेनरल अस्पताल बनाउन सहयाेग गर्ने सम्पूर्णलाई धन्यावाद दिदै संकटको घडिमा वीरगंजका जनताको सेवाको लागि वीरगंज महानगरपालिका तपाईहरुको साथमा हुने विश्वास समेत दिलाएका छन् ।

नारायणी अस्पतालकाे आइसाेलेसमा उपचारतहरु डिस्चार्ज भएपछि बन्द गरीएकाे सम्पूर्ण सेवाहरु सुचारु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समेत पत्रचार गरि सेकाे छ भने आज आइसाेलेसनमा रहेका सबै काेराेना संक्रमित निकाे भएर डिस्चार्ज भए पछि जेनरल सेवा सुचारु गर्न बाटाे खुलेकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...