Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

नारायणीकाे आइसाेलेसन खाली, बन्द रहेकाे सेवाहरु सुचारु गर्न बाटाे खुल्याे

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालबाट कोरोना निको भएर ४३ जना सोमबार डिस्चार्ज भएका छन् ।

दुई जना पत्रकारसहित ४३ जना कोरोना निको भएर डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले जानकारी दिए ।

मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायका अनुसार २ महिला सहित ४३ जना कै पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएकाे हाे ।

नारायणी अस्पतालस्थित पीसीआर ल्याबको रिपोर्ट अनुसार दोस्रो पटक पनि रिपोर्ट नेगेटिभ आएपछि सबैजनालाई डिस्चार्ज गरिएकाे हाे ।

निको हुने संक्रमितहरु सर्लाही, बारा तथा पर्साको बीरगन्ज, धोबिनी, छिपहरमाईका र एक जना भारतीय रहेका छन् ।

नारायणी अस्पतालकाे आइसाेलेसनमा रहेका सबै संक्रमितहरु डिस्जार्ज भएकाे पर्साका सहयाक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले वताए ।

उनले भने “नारायणीकाे सबै संक्रमितहरु डिस्चार्ज भएका छन्, अब नारायणीमा पुन जेनरल सेवा सुचारु गर्नु पर्छ ।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि नारायणी अस्पतालकाे आइसाेलेसमा उपचारत रहेका सबै संक्रमितहरु डिस्चार्ज भए पछि बन्द रहेकाे सबै सेवा सुचारु गर्न निर्देशन समेत दिइसकेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...