Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

नेसनल मेडिकल कलेजलाई कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस

spot_img
spot_img

वीरगन्ज । पीसीआर रिर्पोट नआउँदै मृत्यु भएका बिरामीको शव परिवारलाई जिम्मा लगाएको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि थप अनुसन्धान एवं कारबाही गर्न जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले घटना बारे छानबिन गरी कारबाही गर्न निर्णय गरेको हो ।

मेडिकल कलेजकाे घटनामा थप छानबिन एवं कारबाही प्रक्रिया अघि बढाउन संघीय गृह मन्त्रालयमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए ।

कोरोना पोजेटिभ देखिएका मृतकको सम्पर्कमा आएका उक्त कलेजका स्वास्थ्यकर्मीलगायत अन्य सबै व्यक्तिहरुको कनट्याक्ट ट्रेसिङ गर्ने र उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मी लगायत संलग्न सबै व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखी पीसीआर चेकजाँच गर्ने निर्णय पनि बैठकले गरेको छ ।

नेशनल मेडिकल कलेजले मृतकको उपचार गरेको कक्ष तत्काल सिल गर्ने समेत संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको सहायक प्रजिअ बस्नेतले जनाए ।

नेशनल मेडिकल कलेजमा जेठ २ गते भर्ना गरिएको बारा कलैया उपमहानगरपालिका ७ निवासी एक ७० वर्षीय व्यक्तिमा कोभिड १९ संक्रमणको आंशकामा साेही दिन पीसीआर जाँचको लागि स्वाब संकलन गरि नारायणी अस्पतालमा पठाइएकाे थियाे ।

साे व्यक्तिकाे जेठ ४ गते मृत्यु भए पछि पीसीआर नतिजा नआउँदै शव आफन्तलाई जिम्मा लगाइएको र मृतकको सदगदसमेत गरिएको थियो । तर जेठ ५ गते नारायणी अस्काेपतालकाे प्रयाेगशालामा गरिएकाे पिसिआर रिपाेर्ट शंकास्पद देखिए पछि काठमाण्डाै स्थित टेकु प्रयाेगशाला पठाइएकाे थियाे ।

त्यस पछि मृत्यु भएकाे ७ दिन पछि आज मात्र पिसिआर रिपाेर्ट पाेजेटिभ आएपछि नेशनल मेडिकल कलेजकाे लापरवाही प्रमाणित भएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...