Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

भारतबाट आएका ३८ जना भिस्वामा राेकिए, कालिका टाईम्सले खाजा खुवायाे

spot_img
spot_img

वीरगंज । भारतकाे हरियाणाबाट आएका ३८ जना कामदारहरु भिस्वास्थित सिमानामा राेकिएका छन् ।

छिपहरमाई गाउँपालिकाकाे वडा नं. ५ मा भिस्वास्थित राेकिएकाहरु जगरनाथपुर गाउँपालिकाका २९ जना, वीरगंज महानगरपालिकाकाे ४ जना, बहुदरमाई नगरपालिकाका ४ जना र सखुवा प्रसाैनी गाउँपालिकाका एक जना रहेकाे हाम्रा सम्वाददाताले जनाएका छन् ।

सबैजनालाई भिस्वा प्रहरी चाैकीले राेकेर आफ्नाे नियन्त्रणमा राखेकाे छ । भारतबाट आएकाहरुलाई सम्बन्धित स्थानिय तहकाे जिम्मा लगाइने प्रहरी चाैकी भिस्वाका सई प्रेम खत्रीले वताए ।

४ दिन पहला ट्रकले हरियाणाबाट हिंडेकाहरु उनीहरु आज विहान भिस्वास्थित आएर पुगेका हुन् ।

भिस्वा आएर पुगेका नेपाली कामदारहरु केही दिन देखी भाेकै रहेकाले हामीले खाजा समेत खुवाएका छाैं । सिमानाकामा राेकिएकाहरु २ दिन देखी भाेकै रहेकाले कालिका टाईम्मसले बिस्कुट, चाउचाउ र पानी वितरण गरेकाे हाे ।

हाम्रा सम्वाददाता आलाेक कुशवाहालाई राेकिएका कामदारहरु भाेकै रहेकाे भने पछि उनी कालिका टाईम्सका सम्पादक शम्भु कुमार सुमनकाे समन्वयमा खाजा वितरण गरेका हुन् ।

त्यस पछि हामीले छिपहरमाई गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहलाई खानाकाे व्यवस्था गरिदिन आग्रह गरे पछि उनले पनि गाउँपालिकाबाट पुरी र सेवईकाे व्यवस्था गरिएकाे जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...