Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

मेडिकल कलेजमा मृत्यु भएकाे व्यक्तिकाे काेराेना रिपाेर्ट पाेजेटिभ, बैठक बस्दै

spot_img
spot_img

वीरगंज । वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको कलैयाका एक वृद्धको कोरोना पोजेटिभ देखिएको छ।

वीरगञ्जकाे नारायणी अस्पतालकाे प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

नारायणी अस्पतालमा मेसु डा. मदन कुमार उपाध्यायले मेडिकल कलेजमा मृत्यु भएकाे व्यक्तिकाे काेराेना रिपाेर्ट पाेजेटिभ आएकाे वताए ।

मन्त्रालयले त रिपाेर्ट बारे केही जानकारी गराएकाे छैन् नि भनेर साेध्दा मेसु डा उपाध्यायले भने “मृत्यु भएका कारण मन्त्रालयले जानकारी नगराएकाे हाे, पछि गराउने छ ।”

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पनि मृतक वृद्धको पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

बस्नेतले भने, “मृतक वृद्धको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । अहिले मेसु साहेब आउदै हुनुहुन्छ, हामी बैठक बसेर आवश्यक निर्णय लिन्छाैं ।”

क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको आईसियुमा भर्ना गराएका थिए । साेही दिन काेराेना शंकास्पद देखिए पछि मेडिकल कलेजले ति व्यक्तिकाे स्वाब संकलन गरी परिक्षणकाे लागि नारायणी अस्पतालमा पठाएकाे थियाे ।

तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भएको थियो ।

अस्पतालले वृद्धको शव परिवारको जिम्मा लगाएपछि मृतकका आफन्तले पनि धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिसकेका छन् ।

मेडिकल कलेजका डा. असर्फ हुसेनले हामीलाई पनि मृतककाे रिपाेर्ट काेराेना पाेजेटिभ आएकाे बारे माैखिक जानकारी आएकाे वताए । उनले भने “केही समय पहिला नारायणी अस्पतालका मेसु सरले फाेन गरेर हाम्रा कलेजका प्रबन्ध निर्देशकलाई रिपाेर्ट पाेजेटिभ आएकाे बारे जानकारी गराउदै, इमेल आइडी माग्नु भएकाे थियाे तर फाेन गरेकाे २ घण्टा भयाे तर हाल सम्म हामीलाई मेल प्राप्त भएकाे छैन् ।”

उनले थपे “तैई पनि मेसु सरले आफै फाेन गरेर रिपाेर्ट बारे जानकारी गराए पछि हामी साेही अनुसार बैठक बस्न गइरहेका छाैं, बैठककाे निर्णय अनुसार र प्रशासनकाे निर्देशन अनुसार अगाडी बढने छाैं ।”

मेडिकल कलेज तथा अस्पतालमा निधन भएका बारा करैया गाउँपालिका वडा नं ७ का विरामीको अन्तिम संस्कार गरेको ६ दिनपछि कोरोना पोजेटीभ भएको रिपोर्ट आएको हाे । यद्यपी यो जानकारी स्वास्थ्य मन्त्रालयले औपचारीक रुपमा नगराएपनि स्थानिय प्रशासन भने मृतकको परिवारदेखि अस्पताल सबैको कन्ट्याक्ट ट्रेसिङको गृहकार्यमा लागेको छ।

स्वाब संकलन गरिसकेको व्यक्तिको निधन भएपनि त्यसको रिपोर्ट नआएसम्म अन्तिम संस्कारका लागि मृतकका आफन्तलाई दिन पाइदैन। विश्व स्वास्थ्य संगठनले जारी गरेको प्रोटोकलले पनि त्यहि बताउँछ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...