Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

लकडाउन र इद

spot_img
spot_img

इद मुस्लिम समुदायको सबै भन्दा ठलाे पर्व हो। इदको तयारी एक महिना अगाडि अर्थात रोजा (वर्त) बसेर गरीन्छ । रमजान महिना मुस्लिमहरुको सबै भन्दा पवित्र महिना हो । जहाँ एक महिना बर्त बसिन्छ । करिब ४ बजे भन्दा बिहान अगाडि खाना खाइन्छ र दिनभरी बेलुका ७ बजेसम्म केहि नखाई बर्त बसिन्छ । रमजान महिनामा मिठो मिठो परिकार पकाइन्छ । आज फेरी म आफ्नो बाल्यकाल सम्झिन चाहन्छु । हामी रमजान महिना भरी विभिन्न परिकारको खाना परिकार खाना पकाइन्थियो । हामी बर्त बस्दा बिहानै ३ बजे उठेर खाना खाइन्थ्यो । कहिले काहीँ परिक्षाको महिनामा रमजान पर्दा हामी विहान ३ बजे खाना खाएर
पढ्न बस्थेम र १० बजे परीक्षा सकेर घर आउने गर्थे । म रमजान महिनामा सबै परिवार एक साथ भइन्थ्यो । कयौ महिनासम्म नबोल्ने इष्टमित्र, परिवारहरुको झगडा बिर्से र हामीसँगै रमाउने गर्थेम । मासु, माछाको परिकारका धरेै जसो बनाइन्थियो । हामी एक महिना अगाडिबाट खुसि हुन्थेम किनभने हिन्दुधर्ममा दसै जस्तै मुस्लिमकोलागि इद हन्छ । इदमा नयाँ नयाँ कपडाहरु बुबाहरु किन्नुहुन्थ्यो। सबै हाम्रो लागि नँया नयाँ कपडा किनिन्थ्यो । यसै गरी रमजान महिनामा जाकात निकालिन्छ जनु गरिब, एकल महिला र असहायलाई दिइन्छ । हामी इदको अघिल्लो दिन हामी सबै मुस्लिम साथीहरु मिलेर इदगाह (इदको नमाज पढ्ने ठाउँ) गाउँ बाहिर शान्त वातावरणमा हुन्थ्यो । हामी गएर त्यहा सफा सुग्घर र विवाहको मण्डप जस्तै झिलिमिलि बनाउथे । बेलुका अबेलासम्म इष्टमित्र आफन्तसँग गफगाफ हुन्थ्यो । र भोली बिहानै उठेर नमाजको लागि इदगाहमा नुहाएर नयाँ कपडा,
टोपी, रुमाल, लगाई सबै हिडेर इदगाह पुगिन्थ्यो त्यो बेला त्यो नयाँ कपडा लगाउँदा छुटै आनन्द र खुसी भइन्थियो दिदिबहिनी आमाहरु मेहन्दी लगाउनु हुन्थ्यो। कति रमाइलो हुन्थियाे त्योबेला आँखामा झलझली आउँछ ।

तर यो वर्ष पहिलाको जस्तै रौनक छैन । आफन्तहरु पनि आफ्नो आफ्नै ठाउँमा लकडाउनमा हनुहुन्छ । यो वर्षको इदमा परिवार सबै कोहि कता कोहि कता हुनुहुन्छ । इदको उत्साह थाेरै पनि छैन । सायद यो जिवनको पहिलो खल्लो र नरमाइलो इद हुने छ । कसैको मनमा खुसी देखिदैन । तर यसपालिको इद हामी अलि फरक तरिकाले मनाउने सोचेको छौ । यो वर्षको इदको दुवा प्रार्थना कोरोना भाइरसको रोकथाम र समाधानको लागि हुनेछ । यो वर्षको इदको दुआ त्यो सबै पिडित परिवारलाई हुनेछ । यो वर्षको इदको दुआ त्यो डाक्टर, नर्स, सेना र सुरक्षाकर्मीकोलागि हुनेछ । हामीले यो वर्ष पुरानै कपडा लगाएर इद मनाउने छ । यो वर्ष नयाँ कपडा किन्नको लागि छुट्याएको पैसालाई त्यो गरिब पिडित असहायलाई सहयोग गर्नेछाैं । यो वर्ष कोहि गरिब वा धनी सबै सम्मान रुपमा कपडा लगाउने छन । यसपालि हात र गले मिलेर होइन टाढा भई दिलबाट आशिष दिइनेछ । नमाज घरमै पढिन्छ । यो वर्ष भेटेर होइन सामाजिक सञ्जालबाट कुराकानी शुभकामना आदानप्रदान गरिनेछ । यो वर्ष आफ्नै घरमा बनाएको सेवई (इदको दिन खाने परिकार) बनाएको छाै । आफ्नै घरमा भएका सिमित चिजबाट इद मनाउने छाै । यो वर्ष इदको सम्झना जिवनभरी हुनेछ ।

    मुस्तफा आलम

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

परीक्षामा मोबाइल प्रयोगको विषयलाई लिएर ठाकुरराममा विद्यार्थी समूहबीच कुटाकुट

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा परीक्षामा मोबाइल प्रयोग गरेको विषयलाई लिएर बिहिबार विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा...

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...