Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

मेडिकल कलेजमा काेराेना शंकास्पदकाे निधन, रिपोर्ट आएन तर शव बुझाइयाे

वीरगंज । नेशनल मेडिकल कलेजमा काेराेना संकास्पद एक जना व्यक्तिकाे निधन भए पनि रिपाेर्ट नआउन्जेल नै अस्पतालले शव आफन्तकाे जिम्मा लगाएकाे छ ।

- Advertisement -

कलैया ७ बाराका ७० बर्षका एक बृद्धको जेठ ४ गते वीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा निधन भयो। जेठ २ गते दिउँसो १ वजे अस्पताल भर्ना भएका चौधरी थरका ति बृद्धको जेठ ४ गते राती निधन भएसँगै अस्पतालले परिवारलाई शव बुझाएको थियो। परिवारले पनि शव पाएसँगै आफ्नो परम्परा अनुसार अन्त्येष्टी गर्याे।

जेठ २ गते १ वजे उपचारमा ल्याउने वित्तीकै अस्पतालकाे आइ.सि.यु. कक्षकाे भेन्टिलेटरमा राखेर ति बृद्धको उपचार शुरु गरिएको थियो।

क्षयरोग र दम समेत रहेका उनलाई पछिल्लो पटक निमोनिया पनि थियो। आइसीयूमा भेन्टीलेटरमा राखेर उपचार शुरु गर्नुअघी उनको स्वाब समेत संकलन गरेर टेस्टका लागि नारायणी अस्पतालमा पठाइएको थियो। तर स्वाबको रिपोर्ट आउनुअघी नै ४ गते साँढे १२ वजेतिर ति बृद्धको मृत्यु भयो।

अस्पतालले स्वाबको रिपोर्ट आउने बेलासम्म शव अस्पतालमा राख्न आवश्यक ठानेन। न त यसको जानकारी प्रशासनलाई नै दियो। स्वाबको रिपोर्ट आउनु अघी परिवारलाई शव जिम्मा लगाइयो। परिवारले पनि शव पाएपछि धार्मिक परम्परा अनुसार सद्गती गरे।

नारायणी अस्पतालमा स्वाबकाे टेस्टका क्रममा शंकास्पद देखिएपछि नारायणी अस्पतालले टेकुस्थित प्रयोगशालामा पठायो। टेकुको प्रयोगशालाको रिपोर्ट अहिलेसम्म नआएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए।

उनले नारायणी अस्पतालमा स्वाबकाे चेकअप गर्दा थप शंकास्पद देखिए पछि किलियर हुन काठमाण्डाै टेकुस्थित प्रयाेगशाला पठाइएकाे वताए ।

उनले जेठ ६ गते नै पठाइएकाे स्वाब टेस्टकाे रिपाेर्ट अझै आउन नसकेकाे र आज सांझ सम्म आउने सक्ने वताए ।

वीरगञ्जमा गरिएको परिक्षणको रिपोर्ट थाहा पाएपछि नेशनल मेडिकल कलेज पनि समस्यामा परेको छ। कलेज प्रसासनले कोरोना संक्रमित विरामीकै कारणले आइसीयू बन्द गरेको भन्न पनि नसक्ने र संचालनमा ल्याउन पनि नसक्ने अवस्था भएपछि अस्पतालका निर्देशक प्राध्यापक डाक्टर प्रमोद कुमार शर्राफले एक सूचना निकालेर ३ दिनका लागि नयाँ विरामी नलिने जानकारी दिएका छन्।

सर्राफले प्रत्येक तीन महिनामा फ्युमीगेशन गर्नुपर्ने भएको कारण देखाउँदै शुक्रवारदेखि ३ दिनसम्म नयाँ विरामी नलिने जानकारी गराएका हुन्। अस्पताल प्रशासनले आइसीयू बन्द गर्ने निर्णय तिनै बृद्धको उपचारसँग सम्वन्धित भएकै कारण रहेको अस्पताल स्रोतले जनाएको छ।

काठमाण्डाै स्थित टेकु प्रयाेगशाला पठाइएकाे स्वाबकाे रिपाेर्ट आउन पनि ढिलाे भए पछि अनेक थरीका आशंका भइरहेकाे छ । कुनै पनि अस्पतालमा काेराेना शंकास्पद व्यक्तिकाे निधन भए पछि रिपाेर्ट नआउन्जेल सम्मकाे लागि अस्पताल नै सिल गरिने र शव अस्पताल मै राखिने गरिएकाे छ ।

तर नेशनल मेडिकल कलेजकाे गैर जिम्मेवार किसिमकाे कार्यले सबैलाई अचम्मित र त्रसित बनाएकाे छ । घटना बारे न स्थानिय प्रशासनलाई जानकारी गराइएकाे छ, न त रिपाेर्ट कै प्रतिक्षा गरिएकाेले लापरवाही देेेखिएकाे हाे ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले यस बारे आफुलाई थाह नभएकाे र बुझिरहेकाे प्रतिक्रिया दिए ।

घटना भएकाे एक हप्तामा पनि सम्बन्धि जिल्लाकाे प्रमुख जिल्ला अधिकारीलाई समेत घटना बारे थाह नहुनुले मेडिकल कलेज प्रशासनकाे गैर जिम्मेवार र गम्भिर किसिमकाे लापरवाही देखिएकाे छ ।

मेडिकल कलेजका डा. असर्फ हुसेनले रिपाेर्ट आउन ढिलाे भए पछि मृतककाे शव आफन्तलाई बुझाइएकाे वताए । काेराेना परिक्षणकाे लागि नारायणी अस्पतालमा पठाइएकाे स्वाबकाे रिपाेर्ट आउन ढिलाे भए पछि शव आफन्तकाे जिम्मा लगाइएकाे उनले प्रतिक्रिया दिए ।

उनलेे भने “हामीसंगै शव हुदा सम्म न त नारायणी अस्पतालले नै रिपाेर्ट बारे हामीलाई जानकारी गराएकाे थियाे न त रिपाेर्ट नै आएकाे थियाे । अब धेरै समय सम्म शवलाई राेकेर राख्ने कुरा पनि भएन, त्यहि भएर आफन्तकाे जिम्मा लगाएका हाैं ।”

शवलाई आफन्तकाे जिम्म लगाउदा घटना बारे स्थानिय प्रशासनलाई जानकारी गराउनु भयाे भनेर साेध्दा उनले कलेजमा नै आएर  कुरा गर्न गैर जिम्मेवार किसिमकाे प्रतिक्रिया दिएका थिए । तर पछि केही बेरमा फेरी आफै फाेन गरी जेठ २ गते नै पठाइएकाे शवकाे रिपाेर्ट जेठ ४ गते सम्म नआए पछि मात्र शव बुझाएकाे वताए ।

उनले थपे काेराेना परिक्षणकाे लागि पठाइएकाे स्वाबकाे रिपाेर्ट बारे हामी शव बुझाए पछि मात्र नारायणी अस्पताल प्रशासनले हामीलाई जेठ ६ गते जानकारी गराए पछि समस्या भएकाे वताए ।

यस भन्दा पहिला पनि नेशन मेडिकल कलेजकाे डायलिसिस सेवामा लापरवाही भएका कारण एक महिनाकाे अवधिमा ७ जना डायलिसिस सेवाग्राहीकाे निधन भएकाे समाचार सार्बजनिक भएकाे थियाे ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढी–५ हरदियामा बृहत स्वास्थ्य स्क्रिनिङ शिविर सम्पन्न, ७५ जनाभन्दा बढी लाभान्वित

वीरगंज । पर्सागढी नगरपालिका वडा नं. ५ स्थित हरदिया गाउँमा आँखा, दन्त तथा मेडिसिन सम्बन्धी रोगहरूको बृहत स्वास्थ्य स्क्रिनिङ शिविर सम्पन्न भएको छ। बिहीबार...

हरि खेतान क्याम्पसमा प्राध्यापक–कर्मचारी आन्दोलन: १७ बुँदे मागसहित धर्ना सुरु

वीरगंज । हरि खेतान बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूले आफ्ना विभिन्न जायज मागहरू सम्बोधन नभएको भन्दै आन्दोलन सुरु गरेका छन्। संयुक्त संघर्ष समितिको आह्वानमा...

अमरपट्टीस्थित दशगजा क्षेत्रबाट अवैध मदिरा पसल र टहरा हटाइयाे

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं. ४ प्रसौनीभाठ्ठा अमरपट्टीस्थित दशगजा सीमा क्षेत्रमा रहेका अवैध संरचना हटाइएको छ। बिहीबार सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म हे.क्वा....