Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

दया फाउन्डेशनकाे सहयाेगमा गम्हरियामा राहत वितरण

spot_img
spot_img

वीरगंज । पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर १ को गम्हरीया टोलमा रहेका अति विपन्न, गरीब परिवारलाई राहत आज सामाग्री वितरण गरीएको छ ।

दया फाउन्डेशनको आर्थिक सहयोग तथा भीसिएन नामक संस्थाको समायोजनमा गम्हरीयाटोलका गरीब, लोपुन्मुख अति विपन्न ३६ परिवारलाई राहत सामाग्री वितरण गरीएको सामाजिक अभियन्ता प्रकाश थारुले बताउनुभयो । लकडाउन भएको समयदेखी नै  मारमा परेका उक्त टोलका ज्याला मजदुरी गरी जिविका चलाउने अति विपन्न परिवारलाई राहत वितरण गरिएकाे समाजिक अभियान्त थारुले जानकारी गराउनुभयाे ।

राहतमा चामल १५ किलाे, दाल, आलु, तेल, नुन, हात धुने साबुन लगायत सामग्री वितरण गरिएकाे सामाजिक अभियन्ता थारुले बताउनुभयो ।

स्थानीय केही युवाहरुले गाउँमा कोरोनाको माहामारी भन्दा भोकमरीले मर्ने अवस्था सिर्जना भएको भन्दै सहयोगको आग्रह गरेपछि सामाजिक अभियन्ता प्रकाश थारुको पहलमा भिसीएन नामक संस्थाले ३६ परिवारलाई राहत सामाग्री वितरण गरेको हो ।

भीसीएन नामक संस्थाका अध्यक्ष दिपक चापागाई र उपाध्यक्ष राधा मतांगीले गरीब परिवारलाई राहत सामाग्री वितरण गर्नुभएको थियाे ।

सामाजिक अभियन्ता थारुले वडा नम्बर १ को गम्हरीया टोलमा राहत बाडीएपनि उक्त टोल वरीपरीका बेल्डारी ,पकडीटोला लगायतका स्थानमा अझ सम्म पनि स्थानीयहरुले राहतको नाममा केही नपाएको र सहयोगको आवश्यक्ता रहेको बताउनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा ‘बेबी एन्ड ममा’ शप सञ्चालनमा, विजय सरावगीले गरे उद्घाटन

वीरगंज । वीरगंजमा महानगरपालिकाको घण्टाघर नजिकै आर्मी ब्यारेकको छेउमा बालबालिकाका कपडा तथा महिलाका सामग्री उपलब्ध गराउने उद्देश्यले ‘बेबी एन्ड ममा’ नामक नयाँ शप सञ्चालनमा...

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...