Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंज १६ का वडाध्यक्ष चाैरसिया सहित ३ जना विरुद्ध अभियाेगपत्र दायर

spot_img
spot_img

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व छलेर भ्रष्टाचार गरेको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष श्यामबाबु प्रसाद चौरसियासहित ३ जना विरुद्ध शुक्रवार बिशेष अदालत काठमाण्डाैमा अभियोगपत्र दर्ता गरेको छ।

वडाध्यक्ष चौरसियासहित जग्गा बिक्रीकर्ता जहराती मिया धुनिया र खरिदकर्ता ग्यान्ती देवीविरुद्ध राजस्व छली सम्बन्धी आरोप पत्र शुक्रबार विशेष अदालतमा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

वडाध्यक्ष चौरसियाले जग्गा खरिद बिक्री हुने बेला घरबाटो सिफारिस गर्दा २८ फीटको पीच बाटो भएको सिफारिस पत्र नराखी १५ फीटको ग्राबेल बाटो भनी गलत लिखत तयार गरी घरबाटो सिफारिस गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

जग्गा खरिद बिक्री हुँदा वडाध्यक्ष चौरसियाले घरबाटोको सिफारिश दिदा २८ फिट बाटो भएकोमा १५ फिटको बाटो उल्लेख गरि सिफारिश दिएका थिए ।

उनले दिएको सिफारिशका आधारमा मूल्याकंन घटाएर रजिष्ट्रेशन दस्तुर तथा लाभकर समेत छलेको भन्दै वडाध्यक्ष चौरसिया बिरुद्ध बिशेष अदालतमा उजुरी परेको हो । यो उजुरी संग वडाध्यक्ष चौरसियाको वडाध्यक्ष पद समेत निलम्वित हुन पुगेको छ ।

वडाअध्यक्ष चौरसियाले धुनियाको जग्गामा गलत घरबाटो सिफारिस गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा वडा नम्बर १६ साबिक इनर्वाभाठा (वी) वडा नम्बर ५ को जग्गाधनी धुनियाको जग्गामा २८ फीटको पीच बाटो देखिएको र मालपोत कार्यालय, पर्साको आर्थिक वर्ष २०७४/०७५ को जग्गाको न्यूनतम मूल्याङ्कन पुस्तिका बमोजिम उक्त जग्गाको न्यूनतम मूल्याङ्कन प्रतिकठ्ठा ६० लाख देखिएको भएपनि धुनियाँले ग्यान्ती देवीलाई ११ धुर जग्गा बिक्री गर्दा ३३ लाख न्युनतम मुल्यांकन हुनुपर्नेमा २५ लाख ३० हजार मात्रै थैली रकम राखेका थिए ।

यसरी कम थैली रकम राख्दा जग्गा किनबेच गर्दा प्राप्त हुने रजिष्ट्रेशन दस्तुर ९४ हजार ८ सय ७५ र पुँजीगत लाभकर ८२ हजार ५ सय गरी १ लाख ७७ हजार ३ सय ७५ कम हुने गरी राजशव दाखिला गरी राजस्व हानी पुर्‍याएकाे आरोपमा वडाध्यक्ष चौरसियासहित तीनैजना विरुद्ध आरोप पत्र दायर गरिएको कोईरालाले बताए ।

वडाध्यक्ष चौरसियाविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुरमा बिगो रु १ लाख ७७ हजार ३ सय ७५ कायम गरी सजायको माग दाबी गरिएकाे छ । जग्गा बिक्रीकर्ता जहराती मिया धुनियाविरुद्ध बिगो रु ८२ हजार ५ सय कायम गरि बिगो रकम असुल गरी जफत हुन मागदाबी लिइएको छ ।

यस्तै जग्गा खरिदकर्ता ग्यान्ती देवीविरुद्ध बिगो स्वरुप रु ९४ हजार ८ सय ७५ कायम गरी बिगो रकम असुल गरी जफत हुन मागदाबी लिई विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...