Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

पिसिआर मेसिन खरिद गर्न महानगरकाे तयारी, सहयाेगकाे लागि अपिल

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले वीरगंजवासीको लागि पिसीआर मेसिन एवं परिक्षण कीट खरिद गर्न र थप आइसोलेसन वार्ड स्थापनाको लागि महानगरपालिकालाई सहयोग गर्न सम्पूर्ण नगरवासीलाई आह्वान गरेका छन् ।

मेयर सरावगीले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत छिटो र छरितो रुपमा नगरवासीहरुको कोरोना परिक्षणका लागि पिसीआर मेसिन एवं परिक्षण किट र अन्य स्वास्थ्य सामग्री खरिद गर्न तथा आइसोलेसन वार्ड स्थापना गर्न सहयोगको लागि आह्वान गरेका हुन् ।

मेयर सरावगीले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत ‘सबै वीरगंजवासीसँग अनुरोध छ, म सम्पूर्ण वीरगंजवासीहरुको छिटो र छरितो रुपमा कोरोना परिक्षणका लागि पिसीआर मेसिन, २० हजार थान परिक्षण कीट र कोरोनासँग लड्ने अन्य स्वास्थ्य सामग्री खरिद गर्न चाहन्छु, म एउटा ५ सय शैय्याको थप आइसोलेसन वार्ड पनि स्थापना गर्ने सोचमा छु, के तपाई सबैले सहयोग गर्नुहुन्छ ?’ भन्दै नगरवासीलाई सहयोग गर्न अपिल गरेका छन् ।

यसका साथै मेयर सरावगीले कोभिड १९ माहामारीको नियन्त्रण तथा रोकथामका लागि वीरगन्ज महानगरपालिकालाई आर्थिक सहयोग उपलब्ध गराउन वीरगन्ज महानगरपालिकाको प्रकोप व्यवस्थापन कोषको राष्ट्रिय बाणिज्य बैक वीरगन्ज शाखाकाे खाता नं. १२५०००३०७०२०००२ मा जम्मा गर्नुहुन अपिल समेत गरेका छन् ।

पछिल्लो समयमा वीरगंज र आसपासका क्षेत्रमा कोरोना परिक्षण ठप्प भएपछी मेयर सरावगीले यस्तो आह्वान गरेको बुझिएको छ ।

वीरगंज कोरोना संक्रमितकाे संख्या बढे पनि संघीय र प्रदेश सरकारले बेवास्ता गरेको छ । भिटिएम किट अभावमा कोरोना परिक्षण नहुँदा संक्रमण फैलने डर समेत बढेर गएको छ ।

नारायणी अस्पतालसँग कोरोना परिक्षण गर्ने प्रयाप्त मात्रामा भिटिएम किट नहुँदा संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ्ग गरेर कोरोना परिक्षण केही दिन रुकेकाे समेत थियाे । मंगलबार सांझ मात्र संघिय सरकारले एक हजार भिटिएम पठाए पछि बुधबार देखी पुन: पिसिआर परिक्षणकाे लागि स्वाब संकलन सुरु भएकाे छ ।

वीरगंजमा हाल बारा, पर्सा र प्रदेश नं. २ का अन्य जिल्ला गरि ९६ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...