काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएको छ।
भेरी अञ्चल अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा पछिल्लो पटक तीन जनामा कोरोना संंक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिए ।
नयाँ संक्रमण पुष्टि हुनेमा बाँकेको नरैनापुरका ३२ वर्षीय पुरुष एक जना छन् भने सोही जिल्लाको खजुराकी ४३ वर्षीया महिला समेत छन्। यसैगरी कपिलवस्तुको शुद्धोधनका १९ वर्षीय पुरुष पनि संक्रमित पाइएको मन्त्रालयले जानकारी दिएको हो।

योसँगै हालसम्म नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ४ सय ५७ पुगेको छ।


