Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

इदको अवसरमा छपकैयाका २ का युवाहरूले विपन्न वर्गलाई बाडे सामग्री

spot_img
spot_img

वीरगञ्ज । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदको अवसरमा किनमेलका लागि बजारमा हुन सक्ने भिडलाई मध्यनजर गर्दै छपकैया २ का युवाहरुले विपन्न वर्गको घर घरमै इदका लागि चाहिने आवश्यक सामाग्री पु¥याउने अभियान शुरु गरेका छन् ।

छपकैया २ का युवाहरुले कोरोनाका कारण अहिले बाहिर निस्किने अवस्था नभएकोले आवश्यक सामाग्रीहरु घरमै पुर्याउने व्यवस्था मिलाएको हो । विश्वभरी फैलिरहेको कोरोना भाइरसको संक्रमण वीरगञ्जमा पनि बढ्दो क्रममा रहेको अवस्थामा इदको समयमा बजारमा किनमेल गर्न जाँदा झनै जोखिम बढ्ने हुँदा संक्रमणबाट सुरक्षित रहनका लागि घरमै सामाग्रीहरु उपलब्ध गराइएको युवाहरुले जनाएका छन् ।

वीरगञ्जको छपकैया २ लगायतका क्षेत्रमा बसोबास गर्ने १६० घर मुस्लिम समुदायका विपन्न परिवारलाई इदमा आवश्यक पर्ने सामाग्री वितरण गरिएको हो । सो अवसरमा सेवई, चिनि, चामल र केही नगद समेत वितरण गरिएको छपकौया २ का युवाहरुले जानकारी दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...