Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो

spot_img
spot_img

काठमाडौँ । नेपालमा कोरोना भाइरस (काेभिड १९)बाट संक्रमित हुनेको संख्या ४ सय ४४ पुगेको छ ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप १७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ४४ पुगेको हो ।

बिहीबार संक्रमण पुष्टि भएकाहरुमा झापाका १५ जना, धनकुटा र सुनसरीका एक-एक जना रहेका स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् । झापाको कचनकवल गाउँपालिका वडा नम्बर ३, ६ र ८ का १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १८ देखि ४६ वर्ष उमेर समूहका रहेका छन् ।

त्यस्तै धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश एकमा मात्रै संक्रमितको संख्या ७६ पुगेको छ । प्रदेश १ मा सबैभन्दा धेरै उदयपुरमा ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालभर संक्रमण पुष्टि भएकामध्ये अहिलेसम्म ४५ जना निको भएका छन् । त्यस्तै कोरोना भाइरसको संक्रमणबाट सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको मृत्यु भएको छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा भन्सार छलीका स्याउ र ट्र्याक्टरका पार्टपुर्जा सहित चार जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले भन्सार छली गरी ल्याइएका स्याउ तथा ट्र्याक्टरका पार्टपुर्जा बरामद गर्दै चार जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार...

पत्रकारकाे आन्दोलनमा राष्ट्रिय मुक्ति पार्टीका सहमहासचिव सम्मानीको ऐक्यबद्धता

वीरगंज । राष्ट्रिय मुक्ति पार्टीका सहमहासचिव नेजामुदिन सम्मानीले पत्रकारहरूको आन्दोलनप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा पेशागत अधिकारको संरक्षण लोकतन्त्र सुदृढीकरणका लागि...

सरकारी विज्ञापन वितरणमा विभेदको विरोधमा पर्साका सञ्चारकर्मीको दोस्रो दिन पनि धर्ना

वीरगंज । सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदकारी तथा स्वेच्छाचारी निर्णय गरिएको भन्दै देशभरका सञ्चारकर्मीहरूले शुक्रबार दोस्रो दिन पनि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना...