Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

थप २५ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ४२७ पुग्याे

spot_img
spot_img

बीरगन्ज ।  देशभरमा आज २५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याेसंगै संक्रमितकाे संख्या ४ सय २७ पुगेकाे छ ।

मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टि गर्नुभएको हो । आज थपिएका संक्रमितमा १८ पुरुष र ७ महिला रहेका छन् ।

संक्रमितहरु बाँकेका ६, धनकुटाका ५, कपिलबस्तुका १३ र नवलपरासी पश्चिमका १ गरी जम्मा २५ जना रहेको मन्त्रालयले जनाएको छ । संक्रमितहरु ३ वर्षीय बालकदेखि ४८ वर्ष सम्मको रहेको प्रवक्ता देवकाेटाले वताउनुभयाे ।

त्यसैगरी, थप ८ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । संक्रमण निको भएर घर फर्किनेको संख्या ४५ पुगेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...