Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

राजनितिक दल, सांसद र पालिका प्रमुख बिच छलफल, समन्वय समिति गठन गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । कोरोनासंग लड्न पर्सामा सर्वदलीय नेता र स्थानिय सरकार प्रमुखहरु बिच आज छलफल भएकाे छ । नगर सभा गृहमा वीरगंजमा राजनितिक दलका नेता र पालिका प्रमुखहरु बिचकाे भएकाे समन्वय बैठकमा काेराेना विरुद्धकाे लडाई कसरी जित्न सकिन्छ भन्ने विषयमा छलफल भएको हाे ।

बैठकमा कोरोनाविरुद्धको लडाई कसरी लड्न सकिने, संक्रमितकाे उपचार र कृषककाे समस्या बारे विमर्श भएको प्रदेश सांसद राजेशवर साहले वताए । यसका साथै संक्रमितकाे घरपरिवार, नजिकका व्यक्तिहरु र क्वारेन्टाइनमा रहेकाहरुकाे पिसिआर परिक्षण गर्न सम्बन्धमा छलफल भएकाे समन्वय बैठकमा सहभागि समेत रहेका सांसद साहले जानकारी गराए ।

बैठकका सहभागिहरुले काेराेना परिक्षण गर्नु पर्ने, संक्रमितकाे उपचारकाे लागि अस्पतालकाे व्यवस्था गर्नु पर्ने र किसानहरूलाई आवश्यक मल, बीउ, डिजेल उपलब्ध गराउनु सम्बन्धमा आ आफ्नाे सुझाव राखेकाे साहकाे वताए ।

यसका साथै बैठकमा विभिन्न स्थानिय तहका संक्रमितहरुकाे उपचार समेत वीरगंजमा उपचार भइरहेकाेले आर्थिक सहयाेग सम्बन्धमा समेत छलफल भएकाे सांसद साहले जानकारी गराए ।

सो क्रममा वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले समेत पर्साका स्थानीय तहका प्रमुखहरूलाई आर्थिक सहयोग गर्न आग्रह गरे।

नेपाल सरकारले अहिलेसम्म एक हजार भिटिएम किट पठाए पनि तत्काल ५ हजार किटको आवश्यकता रहेको उनले बताए। महानगरले भ्याएसम्म काम गरिरहेको र दुई हजार शैøयाको क्वारेन्टाइनको व्यवस्थामा अगाडि बढेको उनले बताए ।

स्थानीय तहका प्रमुखहरूले दिशानिर्देश दिने व्यक्ति कोही नभएको कारण आफूखुशी काम गरिरहेको बताए। उनीहरूले सङ्घ र प्रदेश सरकारले राहतको नाममा स्थानीय तहमा झगडा लगाउने काम गरिरहेको बताए ।

छलफलमा १४ वटै स्थानीय तहका प्रमुखले छुट्टै भिटिएम किटको व्यवस्था गर्न माग गरेका थिए। उनीहरूले गाउँमा मल, बीउ, डिजेलको हाहाकार भएको र स्थानीय प्रहरी प्रशासनसँग समन्वय गर्दा चासो नदेखाएको बताएका थिए।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीको नेतृत्वहीन कामप्रति दुःख व्यक्त गर्दै स्थानीय तहका प्रमुखहरूले तत्काल सरुवाको माग गरे। प्रहरी ज्यादतीविरुद्ध स्थानीय जनता आजित भएको र सो कार्य तत्काल रोक्न पनि माग गरेका थिए।

छलफलको क्रममा महामारीको बेला संघ र प्रदेश सरकारले सहयाेग नगर्दा अवस्था विकराल बनिरहेको स्थानीय सरकारका प्रमुखहरूले जानकारी गराए । लकडाउन जारी भएको करीब दुई महीनामा अहिलेसम्म स्थानीय सरकारसँग सङ्घ र प्रदेश सरकार कसैले समन्वय नगरेको उनीहरूले बताए।

छलफलमा भाइरसविरुद्धको लडाइँसँगै विकास निर्माणका कार्य पनि अगाडि बढाउन बैठकका सहभागिहरुले सुझाव दिएका थिए ।

बैठकले काेराेनासंग लड्न जिल्ला स्तरिय समन्वय समिति बनाउने समेत निर्णय गरेकाे छ । जिल्ला समन्वय समितिका संयाेजककाे संयाेजकत्वमा विभिन्न राजनितिक दलका जिल्ला अध्यक्ष, पालिका प्रमुखहरु लगायतकाे सहभागि रहने जिल्ला स्तरिय समन्वय समिति गठन गर्ने निर्णय गरेकाे हाे ।

बैठकमा नेपाली काङ्ग्रेसका अजय द्विवेदी, नेकपाका प्रभु हजरा, जनता समाजवादी पार्टीका रामनरेश यादव,  प्रदेश सांसद मन्जुर आलम, करीमा बेगम, सिंहासन साह कलवार, शङ्कर चौधरी, रमेश पटेललगायत स्थानीय तहका प्रमुखहरूको सहभागिता थियो।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...