Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

ठाकुर रामकाे क्वारेन्टाइनमा रहेका भारतियहरुलाई घर पठाइयाे

spot_img
spot_img

वीरगन्ज । नेपालमा लकडाउन सुरु भएदेखि घर जान नपाइ वीरगन्जमा करिब ५० दिनदेखि फसेका १ सय ९८ भारतीयलाई मङ्गलबार भारत सरकारको जिम्मा लगाएर पठाइएको छ । वीररगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा चैत दोश्रो सातादेखि राखिएका ९८ र वीरगन्ज स्थित आफन्तको घरमा बसेका १ सयजनालाई भारत पठाइएको हो ।

वीरगन्ज स्थित एकीकृत भन्सार जाँच चौकी आइसीपी नाकामा भारतीय अधिकारीहरुको जिम्मा लगाएर पठाइएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवँरले जानकारी दिए । उनीहरुलाई लिन भारतबाट आइसीपीमा ७ वटा बस आएको थियो । त्यही बसमा चढेर भारतीय आफ्नो घर र्फिएका हुन् ।

आइसीपीमा वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत नितेशकुमारको रोहबरमा भारत बिहारको पूर्वी चम्पारण जिल्लाका डिएम सर्वत अशोक कपीललाई जिम्मा लगाएर पठाइएको सशस्त्र प्रहरी उपरीक्षक कुवँरले बताए।

नेपालमा चैत ११ गतेदेखि लकडाउन सुरु भएपछि विभिन्न शहरमा रोजगारी र अन्य काम गर्ने उनीहरु घर फर्कने क्रममा वीरगन्ज नाकामा चैत दोश्रो साता आइपुगेका थिए । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर ठाकुरराम क्याम्पसको क्वारेन्टाइनमा राखेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...