Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

पर्सामा निषेधाज्ञा हट्याे, लक डाउन प्रभावकारी रुपमा कार्यान्वयन गरिने

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लामा लगाइएको निषेधाज्ञा मंगलबारदेखि हट्ने भएको छ । जिल्ला सुुरक्षा समितिकाे आज बसेकाे बैठकले बैशाख ३० गते राती ८ बजे देखी जेठ ५ गतेसम्म जारी गरीएकाे निषेधाज्ञा अब नगर्ने निर्णय गरेकाे हाे ।

जिल्लामा कोराना संक्रमण व्यापक बन्दै गएकोले अन्यत्र फैलन नदिन र रोकथाम, नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन लागू गरिएको निषेधाज्ञा अब नगर्ने निर्णय गरिएकाे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले वताउनुभयाे ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीकाे अध्यक्षतामा बसेको सुरक्षा समितिकाे बैठकले नेपाल सरकारले मिति २०७७ जेष्ठ २० गतेसम्म लक डाउनको समय बढाएकोले लक डाउनलाई प्रभावकारी रुपमा कार्यान्वय गर्ने तर निषेधाज्ञा जारी नगर्ने निर्णय गरेकाे बस्नेतले जानकारी दिनुभयाे ।

बैठकले लक डाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न निम्न अनुसार अनुसारकाे निर्णय गरेकाे छ ।

(क) एम्बुलेन्स, खानेपानी, विद्युत, टेलिफोन मर्मत सम्भारको लागि प्रयोग हुने सवारी साधन, स्वास्थ्यकर्मी बोक्ने सम्बन्धित अस्पतालका यात्रुवाहक सवारी साधन, फोहरमैला व्यवस्थापनमा खटिने जनशक्ति बोक्ने सवारी साधन, औषधी, दुध, पानी पेट्रोलिय पदार्थ ढुवानीका सवारी साधन तथा भन्सारबाट विभिन्न जिल्लाका लागि छुटेका अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालबाहक सवारी साधन तथा जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक कार्यको लागि सवारी अनुमति पत्र प्राप्त गरेका सवारी साधनहरुबाहेक अन्य सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाउने ।

(ख) अत्यावश्यक वस्तुहरु (जस्तो खाद्यन्न, किराना, दुध, ग्याँस, पानी आदि) को बिक्री वितरण गर्ने पसलहरु मात्र विहान जतिसक्दो सबेरैदेखि बिहान ८ः३० बजेसम्म मात्र खोल्न दिने । औषधी पसल भने जुनसुकै समयमा पनि खोल्न दिने ।

(ग) साँगुरा गल्ली, ठेलागाडा, चोकहरुमा बिक्री वितरण गर्न नदिने ।

(घ) अत्यावश्यक वस्तुहरुको खरिद बिक्री गर्ने क्रममा संक्रमणको जोखिम हुन नदिन भिडभाड हुन नदिने, व्यवसायी र ग्राहक सबैलाई अनिवार्य रुपमा मास्क लगाउन लगाउने तथा उपभोक्ताहरुबीच कम्तिमा ३ फिटको दुरी कायम हुने गरी लाइन व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी सम्वन्धित व्यवसायी स्वयंको हुने । यसो भएको नपाइए सम्वन्धित व्यवसायीलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गर्ने ।

(ङ) मुख्य बजार क्षेत्रमा भने बिहान ६ बजेदेखि साँझ ७ः३० बजेसम्म खाद्य, किराना पसलहरुसमेत खोल्न नदिने ।

(च) पावर हाउस चोकदेखि रजत जयन्ती चौकसम्मको सडकमा विहान ६ बजेदेखि साँझ ७ः३० बजेसम्म एम्बुलेन्स, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी ओसारपसार गर्ने अस्पतालका सवारी साधन बाहेकका अन्य सवारी साधन समेत संचालमा रोक लगाउने ।

(छ) कृषि कार्यसँग सम्वन्धित सामाग्री, पशुपंक्षीजन्य आहारा, सबै प्रकारका खाद्य वस्तु तथा निर्माण सामाग्री ढुवानीका साधनहरु बीरगंज महानगरपालिका क्षेत्रभित्र बेलुकी ६ः०० बजेदेखि बिहान ६ः०० बजेभित्र मात्र संचालन गर्न दिने ।

(ज) भारतबाट आउने तरकारीलाई पर्सा जिल्लाको लागि प्रवेश निषेध गर्ने तर स्थानीय तरकारीलाई भने होम डेलिभरी गर्न दिने ।

(झ) भिडभाड नहुने तथा कामदार, कर्मचारीहरुबीच भौतिक दुरी कायम गर्नेदेखि तोकिएका सबै स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्ड र शर्त पालना गर्ने औषधी, खाद्यान्न जस्ता अत्यावश्यक उद्योगहरु संचालन गर्न दिने ।

यस्तै बैठकले कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न लक डाउनको उल्लंघन गर्ने एवं शान्ति सुव्यवस्था र अमनचयनमा खलल पुर्याउने व्यक्तिहरुलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कडा कारवाही गर्ने समेत निर्णय गरेकाे सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले वताउनुभयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...