Date
बिहि, साउन २१, २०८३
Thu, August 6, 2026

प्रहरी ज्यादती बढदै, बस पार्कका असईकाे कुटपिटबाट खुट्टा भाँच्चियो

spot_img
spot_img

बीरगन्ज । निषेधाज्ञालाई कडा बनाउने बहानामा बीरगन्जमा प्रहरी ज्यादती बढदै गएको छ । सुरक्षाकर्मीको दुर्व्यवहार र कुटाईबाट सर्वसाधारण दिनहुँ पिडित बन्न थालेका छन् ।

निषेधाज्ञाको बेला बाहिर निस्कन नपाइने कुराको जानकारी हुदाँहुदैं पनि अत्यावश्यक सामानको जोहो गर्न र औषधी उपचारका लागि बाध्य भएर बाहिर निस्कने सर्वसाधारण प्रहरीबाट पिडित हुन थालेका हुन् । के कारणले बाहिर आएको हो ? कारण नै नबुझी प्रहरीले सर्वसाधारणलाई अन्धाधुन्द लाठी प्रहार गर्छन् ।

केही दिन पहिला नेपाली सेनाले स्वास्थ्यकर्मी कुटेको, बच्चालाई दुध लिन निस्केका एक सर्वसाधारण र आमाको औषधी लिन निस्केका एक युवा सामाजिक अभियन्तालाई प्रहरीले कुटेको केही दिन बित्न नपाउदैं फेरि एक होटल व्यवसायी प्रहरीको निशानामा परेका छन् ।

बीरगन्जको बसपार्कका होटल व्यवसायी नागेन्द्र पटेलको प्रहरीको कुटाईबाट खुट्टा भाँच्चिएको छ । बच्चाको लागि दुध लिन हिजो बिहान बाहिर निस्केका पटेल पनि प्रहरीको निर्मम कुटाईबाट बच्न सकेनन् । बसपार्कमा कार्यरत असई लालबाबु साहले न त बाहिर निस्कनु कारण नै सोधें, न त कारण सुन्न नै चाहें, बस् तथानाम गाली गर्दै पटेलमाथि जाइलागे ।

असई साहले पटेललाई यतिसम्म कुटे कि पटेलको खुट्टा नै भाँच्चियो । निर्मम कुटाईबाट खुट्टा भाँच्चिएका पटेललाई परिवारजनले बीरगन्जस्थित नेशनल मेडिकल कलेज अस्पताल पु¥यायो । पटेलको भाँच्चिएको खु्ट्टाको पलस्टर गरिएको छ । अहिले उनी आफ्नै घरमा आराम गरिरहेका छन् ।

निषेधाज्ञाको नाममा प्रहरीको ज्यादती बढे पनि लगाम लगाउन पर्सा प्रहरीको नेतृत्व भने मौन छ । पत्रकारलाई समेत दुर्व्यवहार र कुट्न पछि नपर्ने केही उदण्ड प्रहरीले गर्दा पर्सा प्रहरी दिनहुँ बदनाम भइरहेको छ ।

पत्रकारमाथीकाे दुर्व्यवहार र हातपात गरेको सम्बन्धमा अनुसन्धान गरेर प्रहरी दोषी पाइए कारवाही गर्ने प्रतिबद्धता जनाएकी पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तको अनुसन्धान कहिलेसम्म सक्किने हो, अत्तोपत्तो छैन । पत्रकारको दुई दिनको आन्दोलनमै दबाबमा परेकी एसपी पन्त दुई पत्रकार संक्रमित भएर आन्दोलन सेलाएपछि यसै मौकामा घटनालाई रफादफा गर्न खोजेकी हुन् कि के हो ? पर्सेली सन्चारकर्मीको प्रश्न छ ।

यता, निषेधाज्ञाको नाममा प्रहरीको उदण्डता र बर्बरताको श्रृखंला नरोकिदां सर्वसधारण दिनहुँ प्रहरीको सिकार भइरहेका छन् । सबै सर्वसाधारण एउटै प्रश्न छ “एसपी साब, पिडितलाई उचित न्याय तथा दोषी प्रहरीलाई कारवाही हुन्छ कि हुदैंन, कि यसका लागि पनि आन्दोलनमै उत्रनु पर्छ ?”

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

वीरगंज । पर्सा प्रहरीले २०७ केजी लागूऔषध गाँजासहित एक टाटा योद्धा पिकअप र चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको...

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...