Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

ठाेरीकाे दशगजा भित्र भारतले भौतिक संरचना बनाउदा स्थानीयकाे अवरोध

spot_img
spot_img

वीरगंज । पर्साकाे ठोरी गाउँपालिका वाड न. -४ बिजयवस्तीको सिधा नेपाल भारतको बोडरको दशगजा भित्र भारतिय पक्षले भौतिक संरचना बनाउन लाग्दा बिजयवस्तीका स्थानीयवासीले रोक्न लगाएका छ्न ।

नेपाल भारतको दशगजा भित्र गिट्टी, वालुवा खसालेर नक्साकन समेत गरि काम सुरु गर्न लागिरहेको सुचना आए पछि बिजयवस्तीका सयौ युवाहरुले सशस्त्र प्रहरी र जनपथ प्रहरी लिएर निर्माण गर्ने स्थानमा पुगिसके पछि भारतिय पक्षहरु केही समय अलमलमा परेका थिए । भारतीय पक्षले दसगजा भित्रै भौतिक संरचना निर्माण गर्न लागेको र त्यसको प्रतिकार गर्ने सोचका साथ पुगेका स्थानीवासी देखेर भारतिय सिमा सुरक्षा वलले तुरुन्त सहमति खोज्ने मनस्थित बनाई सहमतिमा पुगेको थियो।

स्थानीयले त्यसको बिरोध गर्दै दसगजा भित्र कुनै पनि भौतिक संरचना निर्माण गर्न नदिने भन्दै बिरोधमा उत्रिएपछि भारतीय सीमा सुरक्षा बल(SSB) का इन्सपेक्टर सहितको टोलीले गल्ती स्वीकार्दै दसगजामा राखिएको निर्माण सामाग्री(गिट्टी,बालुवा लगायत) त्यहाँ बाट हटाउन सहमत भएको थियो ।

इन्स्पेक्टर सहित आएको भारतको बन बिभागको टोलीले त्यहाँ सुरक्षाको लागि एक टावर बनाउन लागिएको बताउदै अब उक्त टावर दसगजा क्षेत्र भन्दा बाहिर(भारत तर्फ) बनाउन सहमत भएका छ्न ।

ससस्त्र प्रहरी कार्यालय सुवर्णपुरका प्रहरी प्रतिनिधि समेतको उपस्थितिमा भएको सहमति अनुसार दसगजामा अहिले राखिएका सम्पुर्ण निर्माण सामाग्री १, २ दिन भित्रैमा हटाउने उनिहरुले बताएका छ्न ।

यसैबीच आज बिजयबस्तीका स्थानीयले ठोरी ४ को बिजयबस्ती देखि स्याउलीबस्ती( शिकारीबास खोला छेउ) सम्मको सीमा अवलोकन गरेका छन । कालापानी, लिपुलेक सहित अन्य स्थानहरूमा समेत भारतले सीमा अतिक्रम गरिरहेको र यसै ठोरी गापा-३ बुद्वनगरमा दशगजामा क्षेत्र भित्रै पोष्ट निर्माण गरि सकेको हुंदा बिजयवस्तीका युवाहरुले आफ्नो क्षेत्रमा पर्ने सीमा अनुगमन गरेका हुन ।

अनुगमनका क्रममा ठोरी ४ को स्याउलीबस्ती सीमा क्षेत्रको नजिकै एक पक्की भवन निर्माण गर्दै गरेको पाईएको र उक्त भवन दसगजा क्षेत्र भित्र नै परेको समेत बताइएको छ ।

“यसअघि पनि ठोरी गापा वाड न.- ३ बुद्वनगर गाउँको सिधा नेपाल भारतको बोडरको दशगजामा नै पोष्ट निर्माण गरेको हुंदा भारतियहरुको कुनै बिश्वास नहुने भन्दै अन्तराष्ट्रिय कानुनको उल्लघन हुने गरि यहॉ हामी निर्माण गर्न कुनै हालतले दिन्नौं, यदि ज़बरजस्ती नै गरे भने हामी त्यस्को कडा प्रतिकार गर्ने छौ ।” बिजयबस्तीका एक जोशिला युवाले बताए ।

अहिले भारतिय पक्षले दशगजामा पोष्ट नबनाउने सहमति भएपनि हेर्न बाक़ी रहेको र आफूहरु निरन्तर निगरानीमा नै भएकोले यदि सहमतिको उल्लघन गरेर हेपेर चेपेर दशगजा भित्र पोष्ट निर्माण गरे बिजयवस्तीका युवाहरुले त्यसको जवाफ राम्रो संग दिने उनिहरुको भनाई रहेकाे स्थानिय सामुदायि बिजयबस्ती एफएमले जनाएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...