Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

वित्तिय संस्थाहरुद्वारा काेराेनासंग लड्न स्थानिय तहलाई आर्थिक सहयाेग

spot_img
spot_img

वीरगंज । जिल्ला बचत तथा ऋणी सहकारी संघ लि. पर्सा र धाैलागिरी लघुवित संस्था महुवनले विपत व्यवस्थापनाकाे लागि सखुवा प्रसाैनी गाउँपालिकालाई आर्थिक सहयाेग गरेकाे छ ।

सहकारी संघ र लघुवित संस्थाले काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि गाउँपालिकालाई रु१०/१० हजार गरी रु २० हजार सहयाेग गरेकाे गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनियारले वताउनुभयाे ।

सहयाेग रकम बराबरकाे चेक सहकारी संघका अध्यक्ष राजेश पंडित र लघुवित संस्थाका व्यवस्थापक गणेश चाैरसियाले गाउँपालिका अध्यक्ष प्रदिप जयसवालाई आज हस्तान्तरण गरेका हुन् । सहयाेग गर्ने संस्थालाई धन्यावाद दिदै गाउँपालिका अध्यक्ष जयसवाले सहयाेग रकम काेराेना महामारी राेकथाम तथा नियन्त्रणमा खर्च गरिने वताउनुभयाे ।

यस्तै ग्लोबल आईएमई लघुबित बितिय संस्था लि० को शाखा कार्ययालय पोखरियाले पोखरिया नगरपालीकाकाे वडा नम्बर ४ काे कार्यालयलाई आर्थिक सहयाेग गरेकाे छ ।

कोरोना भाईरस नियन्त्रण गर्नमा सहयोग स्वरुप स्वास्थ्य सामग्री खरिद गर्नकाे लागि संस्थाले पोखरिया वडा कार्यालयलाई रु १५ हजार सहयाेग गरेकाे वडाध्यक्ष लक्षमण साह कानुले वताउनुभयाे । सहयाेग रकम बराबरकाे वडा सचिव साधु साह रौनियारको नामकाे चेक संस्थाका शाखा प्रबनधक रामाशंकर सिंहले वडाध्यक्ष कानुलाई आज हस्तान्तरण गरेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...