Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

रौतहटका ८ र बाराका एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

spot_img
spot_img

काठमाडौँ ।  प्रदेश २ काे राैतहटमा ८ र बारामा एक गरी थप ९ काेराेना संक्रमित पुष्टि भएका छन् । याेसंगै नेपालमा कोरोना भाइरस (काेभिड १९) संक्रमित हुनेको संख्या ३ सय ४ पुगेको छ ।

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३०४ पुगेको हो ।

सोमबार संक्रमण पुष्टि भएकाहरुमा रौतहटका ८ जना र बाराका एक जना रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

सोमबार रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा माधवनारायण नगरपालिका-३ निवासी २८ वर्षीया महिला कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै रौतहटमा मात्रै संक्रमितको संख्या २१ पुगेको छ । त्यस्तै सोमबार गरिएको परीक्षणमा बाराको करैयामाया नगरपालिका-५ निवारी ३८ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको हो । बारामा संक्रमितको संख्या ४ पुगेको छ ।

हालसम्म पर्सामा ९१, कपिलवस्तुमा ४२, बाँकेमा ३४, उदयपुरमा ३३, रुपन्देहीमा २८, रौतहटमा २१, काठमाडौंमा ९, धनुषामा ५, कैलाली र बारामा ४/४, चितवन, दाङ महोत्तरी र सर्लाहीमा ३/३ तथा बागलुङ, झापा, भक्तपुर, बर्दिया र मोरङमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै भोजपुर, कञ्चनपुर र नवलपरासी पश्‍चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरी, सिरहा, काभ्रेपलाञ्‍चोक, धादिङ, सिन्धुपाल्चोक र धनकुटामा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...