Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026

सहकार्य र समन्वयको अभावले संक्रमणको त्रासमा पर्साबासी

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट नेपाल पनि अछुताे रहन सकेकाे छैन । नेपालमा साेमबार विहान सम्म ३०४ जनामा संक्रमण देखिएकाे छ भने २ जनाकाे दु:खद मृत्यु समेत भइसकेकाे छ । नेपाल मै सबै भन्दा बढी प्रदेश नं. २ काे पर्सामा ९१ जनामा संक्रमण पुष्ठि भएकाे छ । याे संख्या नेपालकाे कुल संक्रमित संख्याकाे एक तिहाई हाे । यसले पर्सा काेराेनाकाे इपिसेन्टर बन्ने लक्षण देखाउदै छ । पर्सा कै सदरमुकाम वीरगंजमा पर्साकाे साथै प्रदेश २ का बारा, राैतहट, सर्लाही लगायतका अधिकांश जिल्लाकाे संक्रमितहरुकाे हुदै गरेकाे उपचारकाे अवस्थामा कमजाेर देखिएकाे छ । तर पर्सा अर्थात वीरगंज प्रति संघ तथा प्रदेश सरकारले खासै ध्यान दिएकाे देखिदैन् । थाेर बहुत जे गरे पनि वीरगंज महानगरपालिकाले गरेकाे मात्र देखिन्छ ।

- Advertisement -

पर्सामा एक महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिका सहित १४ वटा स्थानीय तह छ । यसका साथै यहाँ संघीय निर्वाचन क्षेत्र ४ वटा र प्रदेश निर्वाचन क्षेत्र ८ वटा भएकाेले निर्वाचित संघीय सांसद मात्र ४ वटा र प्रदेश सांसद ८ वटा पनि छन् । यी सबै जननिर्वाचित जनप्रतिनिधिहरु हुन् । यसैकाे हाराहारीमा संघिय र प्रादेशिक सामानुपातिक सांसदहरु पनि छन् । स्थानीय तह आफैमा एउटा सरकार हाे । सांसदहरुकाे पनि आ आफ्नाे अधिकार र बजेट पक्कै नै हुन्छ । काेराेना संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि संघीय सरकारकाे अवाहानमा भएकाे लकडाउनकाे ५६ दिन पुगेकाे छ । पर्सामा बैशाख ३० गते एकै दिन ३९ वटा संक्रमित फेला परे पछि जिल्ला विपद व्यवस्थापन समितिले त्यंही दिन राति ८ बजे देखी जेठ ५ गते सम्म निषेधाज्ञा समेत जारी गरेकाे थियाे । लकडाउनकाे अवधी जेठ ५ गते सम्माप्त हुन लागे पछि संक्रमण बढने क्रम नै रहेकाेले जेठ ४ गते बसेकाे मन्त्रीपरिषदकाे बैठकले जेठ २० गते सम्मकाे लागि लकडाउनकाे अवधि थप समेत गरि सकेकाे छ । पर्सामा जारी गरिएकाे निषेधाज्ञा अवधिमा सेना समेत परिचालन गरिएकाे छ । निषेधाज्ञामा अति आवश्यक भित्र पर्ने दुध, तरकारी लगायतकाे खरिद बिक्रीमा समेत पूर्ण रुपले प्रतिबन्ध लगाइएकाे छ । यसले नै सहज रुपमै अनुमान गर्न सकिन्छ कि सर्बसाधारणकाे जनजीवन कस्ताे भएकाे छ ? सिमानाकामा आवत जावत पूर्ण रुपले प्रतिबन्ध गरिएकाे भनिए ता पनि लकडाउन देखी निषेधाज्ञामा समेत विभिन्न खुला सिमानाका भएर आवातजावत सुचारु नै रहेकाे छ ।

यस्ताे अवस्थामा महामारीकाे संक्रमण राेक्न र जनजीवन सहज बनाउन नेतृत्व बर्गमा समन्वय र सहकार्यकाे धेरै नै खाँचाे हुन्छ ।तर यहांकाे नेतृत्व बर्ग कहलाउने संघीय सांसद, प्रदेश सांसद, १४ वटै स्थानीय सरकारका प्रमुखहरु र राजनीतिक दलकाे बिच समन्वय र सहकार्यकाे प्रयास समेत गरिएकाे छैन् । काेराेनाकाे इपिसेन्टर बन्दै गएकाे पर्सा प्रति संघीय र प्रदेश सरकार गम्भिर नभएकाे र केही नगरेकाे पर्साबासी आराेप लगाइरहेका छन् । प्रमुख जिल्ला अधिकारी (सिडियाे) र पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) संघ सरकारकाे निर्देशन अनुसार मात्र काम गरिरहेकाे देखिन्छ । जिल्ला विपद व्यवस्थापन समितिकाे अध्यक्ष रहेका सिडियाेले पनि जिल्ला स्तरमा समन्वय गर्न सक्नु भएकाे छैन् । जिल्लाकाे सुरक्षा व्यवस्थाकाे कमाण्ड समाली रहेका सिडियाे, एसपी र वीरगंज महानगर प्रमुख बिच पनि खासै समन्वय भएकाे देखिदैन् । जसकाे परिणाम वीरगंजकाे नारायणी अस्पतालबाट २ जना संक्रमित भागेकाे कुरा नसेलाउदै पुन: पर्साकाे ग्रामीण भेगस्थित सिमानाकामा रहेकाे छिपहरमाई गाउँपालिकाकाे क्वारेनटाइनबाट पनि ४ जना भागन सफल भएका छन् । यसले झन पर्सावासीलाई त्रासित बनाइरहेकाे अवस्था समेत सृजना गरेकाे छ । आइसाेलेसनबाट संक्रमित भगे पछि भागनुकाे कारण पता लगाउनु पर्नेमा, स्थानिय प्रशासनले अब उपरान्त संक्रमित भागेकाे अवस्थामा प्रहरीले गाेली समेत चलाउने सकिने अधिकार दिएकाे थियाे । तर गाेली चलाउने निर्णयकाे व्यापक विराेध भए पछि एक दिन मै साे निर्णय स्थानिय प्रशासन सच्चियाएकाे थियाे ।

यसकाे अलावा हालसम्म न संक्रमित क्षेत्रकाे सिल गरिएकाे छ, न संक्रमितकाे सम्पर्कमा आएका सबैलाई क्वारेनटाइनमा राखी पिसिआर अर्थात काेराेना परिक्षण गरिएकाे छ । यसले संक्रमित क्षेत्रबासीलाई झन त्रासित बातावरणमा बस्नु परेकाे छ । पर्साकाे सदरमुकाम वीरगंजकाे छपकैयाबाट भारतीय ३ जना जमातिहरुबाट सुरु भएकाे संक्रमण हाल वीरगंज महानगरपालिकाकाे विभिन्न वडा देखी लिएर पर्साकाे ग्रमीण भेगकाे २ वटा गाउँपालिका सम्म पुगि सकेकाे छ । यसका साथै २ जना वीरगंजका पत्रकार समेत संक्रमण पुष्टि भएकाे छ । संक्रमित सबैकाे वीरगंजकाे नारायणी अस्पताल र सिद्धार्थ माविमा राखिएकाे छ । नारायणीकाे आइसाेलेसनमा पत्रकार संक्रमित गए पछि त्यहाँकाे अवस्थाकाे बारेमा थुप्रै कुरा बाहिर समेत आयाे । आइसाेलेसन वार्डमा सरसफाईकाे अवस्था दैनिय र संक्रमितकाे खाना गु्णस्तरहिन जस्ता कुरा बाहिर आउदा धेरैलाई रुलायाेे भने थप चिन्तित पनि बनाएकाे छ ।

चाइनाबाट सुरु भएकाे काेराेना बिश्वका विभिन्न देशमा गरेकाे मानविय र धनजनकाे क्षतिले नेपाललाई सिक्नु पर्ने र तयारी गर्नु पर्ने धेरै माेका दिए पनि यहाँकाे सरकारकाे नेतृत्व बर्गकाे असक्षमताकाे कारण त्यस्ताे केही हुन सकेन । जसकाे असर प्रदेश देखी जिल्ला सम्म पर्ने स्वभाविक नै हाे । जुन सरकारकाे उदासिनताकाे कारण अहिले नेपाली जनता त्यसकाे मार खेपी रहेका छन् । र अझै खेप्ने पनि छन् । प्रदेशकाे अवस्थाकाे बारेमा कुरा गर्दा ७ वटै प्रदेशमा हाल सम्म सबभन्दा बढी संक्रमितकाे संख्याकाे भएकाे प्रदेश २ नै हाे । याे प्रदेशकाे आइसियू र भेन्टीलेटरकाे अवस्था बारे कुरा गर्दा प्राप्त एक तथ्यांक अनुसार सबै प्रदेश भन्दा कम याे प्रदेशमा आइसियु ४ वटा र भेन्टिलेटर ७ वटा मात्र छ । जुन काेराेना संक्रमितकाे क्रेटिकल कन्डिसमा उपचारकाे महत्वपूर्ण साधन हाे । तर पनि यस तर्फ न प्रदेश सरकारकाे ध्यान गए छ, न त संघ सरकाकाे ध्यान पुग्न सकेकाे छ । काेराेनाकाे इपिसेन्टर बन्दै गरेकाे पर्सावासी पनि हाम्राे लागि संघ र प्रदेश सरकारले केहि गरेन गुनासाे गरी रहेका छन् । यस्तै वीरगंजमा एउटा अस्थायी काेराेना अस्पताल बनाउन आवश्यक रहेकाे थाह हुदा पनि धेरै नै राजनीति भयाे । जसका कारण लामाे महानगरकाे प्रयासमा गण्डक काेराेना अस्पताल बन्न सफल भए पनि अहिले सम्म त्यसमा संक्रमितकाे उपचार सुरु हुन सकेकाे छैन् । तर २६ जना संक्रितकाे वीरगंज स्थित सिद्धार्थ माविका राखिएकाे अवस्था छ । काेराेना अस्पताल संचालन भए पनि हाल सम्म संघ अथवा प्रदेश सरकारले आर्थिक सहयाेग नगरेकाे कारण वीरगंज महानगरकाे एकलाे लगानीले लामाे समय धाउन सक्दैन।

यस्ताे संकटकाे अवस्थामा संघ र प्रदेश सरकारकाे मुख ताक्नुकाे भन्दा स्थानीय सरकारहरु बिच समन्वय र सहकार्य हुन जरुरी देखिन्छ । संघ सरकारले केही सहयाेग गरेन, प्रदेश २ सरकार जस्तै भएकाे बजेट खर्च गर्न नसन्नु र गाली गरि रहनु भन्दा आफै सके जति गर्नु राम्राे हाेइन र ? सबै स्थानिय तहसंग बजेट छ । तिनिहरुकाे अधिकारकाे कुरा पनि छ । महानगरले एकलाे धाउन नसकेकाे अवस्थामा जिल्ला स्तरमा समन्वय गराैं र केन्द्रमा भएकाे काेभिड १९ राेकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समिति जस्तै जिल्ला स्तरमै एउटा समन्वय समिति बनाउँ । किनभने कुनै पनि स्थानीय तहले एक/दुई कराेड सहयाेग गर्नु कुनै ठुलाे कुरा पनि हाेइन र गर्न पनि सक्छन् । यसरी गरियाे भने जिल्ला भरीमा ४०-५० काराेड मज्जाले जम्मा गर्न सकिन्छ । धेरै स्थानिय तहकाे आर्थिक बर्ष २०७६/०७७ काे धेरै बजेट खर्च भएकाे पनि छैन्, अब यस बर्ष हुन सक्नदैन पनि । त्यसैले अझै बढी पनि कसै/कसैले सहयाेग गर्न सक्छन हाेला । त्यहीं भएर अझै समय छ, ढिलाे नगराैं । जिल्ला स्तरमा समन्वय गराैैं र त्यसमा यहाँका संघीय सांसद र प्रदेश सांसद ज्युहरुलाई पनि सहभागि गराउ । किनभने उहाँहरुसंग पनि संसदिय विकास काेषकाे बजेट छ । उहाँहरुले पनि खर्च गर्न सक्नु भएकाे छैन् । मेराे बिचारमा यहीँ हाे बजेट, अधिकार सदुपयाेग गर्ने र आफ्नाे जनतकाे लागि केही गर्ने उचित तथा महत्पूर्ण समय । त्यही भएर अवसर नगुमाउ । जनता तपाईहरुकाे मुख ताक्दै छन्, तपाईहरुमाथी जनताले गरेकाे विश्वास गुमन नदिनु । यसरी समन्वय र सहकार्य गरी कमसेकम काेराेना परिक्षण र संक्रमितकाे उपचारकाे लागि अस्पतालकाे व्यवस्था गरियाे भने जनताले धेरै राहत महसुस गर्ने थियाे र बढदै गएकाे काेराेना त्रास केही हद सम्म कम हुने थियाे ।

यस्ताे गरिएकाे अवस्थामा जिल्ला स्तरमा बन्ने काेभिड १९ राेकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिले जिल्लाकाे यथार्थ आवश्यकताकाे आधारमा काम गर्ने छ । जुन समितिले आवश्यकता अनुसार केन्द्र र प्रदेश सरकारसंग समन्वय गर्न समेत सजिलाे हुनेछ । जस्तै काेराेना संक्रमण सुरु कै चरणमा वीरगंज कै सबभन्दा ठूलाे अस्पतालमा संचालकले आवश्यकता परेकाे खण्डमा अस्पताल नै जिम्मा लगाउने भने पनि आवश्यकता परेकाे बेला पछि हटेकाे कुरा हुदैन् । नदिएकाे खण्डमा जबरजस्ती लिन सक्नेकाे काम पनि सजिलै गर्न सक्छ । यसका साथै वीरगंज मै ग्यान्दा र दिल्लि पब्लिक स्कुल जस्ता सुविधा सम्पन्न र शहरबाट टाढा आइसाेलेसन र क्वारेनटाइनकाे लागि सुरक्षित हुदा हुँदै पनि सहरकाे घनाबस्तीमा रहेकाे विद्यालयलाई बनाउनु पर्दैन र उत्पन्न हुने विवाद पनि हुने छन् ।

                                                                                                       शम्भु कुमार सुमन
पत्रकार (पर्सा)

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

८ वर्षदेखि सडक निर्माण अलपत्र: निर्माण कार्य तत्काल सम्पन्न गर्न र दोषीमाथि कारबाही गर्न माग

वीरगंज । वीरगंज महानगरपालिका–२० हरपतगञ्जका स्थानीयवासीहरूले ठेकेदारको लापरवाहीका कारण ८ वर्षदेखि सडक निर्माण कार्य अलपत्र परेको भन्दै तीव्र आक्रोश व्यक्त गरेका छन्। स्थानीयका अनुसार ८...

छिपहरमाई गाउँपालिकाका कर्मचारीद्वारा दोस्रो दिन पनि धर्ना

वीरगंज । तलबको माग गर्दै पर्साको छिपहरमाई गाउँपालिकामा कार्यरत कर्मचारीहरूले मंगलबार दोस्रो दिन पनि गाउँपालिका कार्यालयमा धर्ना दिएका छन्। गाउँपालिका तथा वडा कार्यालयहरूमा कार्यरत करारका...

वीरगंज उद्योग वाणिज्य संघद्वारा अनिवार्य एमआरपी व्यवस्था खारेज गर्न सरकारसँग माग

वीरगंज । वीरगंज उद्योग वाणिज्य संघले विदेशबाट आयात गरिने तथा नेपालबाट विदेशमा निर्यात गरिने सामानमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने सरकारी...