Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

सखुवा प्रसाैनीका संक्रमित क्षेत्र सिद्धपुरबासी र स्थानिय सरकारलाई अनुरोध

spot_img
spot_img

पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाकाे संक्रमित क्षेत्र वडा नं. १ सिद्धपुरबासी, स्थानिय युवा र स्थानिय सरकारलाई एक स्थानिय समाजसेवीकाे अनुरोध ।

१. कोरोनाको जोखिममा हामी सबै छौ तसर्थ सबैले सतर्कता र सावधानी अपनाऔ।
२. गाउँपालिकाले तयार गरी केहीलाई राखी समेत सकेको सिद्धपुर बिद्यालयको क्वारेन्टाइनमा अति जोखिममा रहेका ब्यक्तिलाई राखौ। एउटा परिवारको केहि सदस्यलाइ मात्र क्वारेन्टाइनमा राख्नु पर्ने अवस्था भएकालाइ मात्र यहाँ राखौ।
३. पुरै परिवारलाइ नै क्वारेन्टाइनमा राख्नु पर्ने अवस्था भएमा बिद्यालयको क्वारेन्टाइनमा राख्दा झन जोखिम बढ्ने भएकोले उनीहरुको आफ्नै घरमा होम क्वारेन्टाइन गरौ।
४. कोरोना संक्रमित व्यक्ती उपचारत रहेकोले उनी गाउँमा बस्दा वा नजिकका टोलको भोज-भतेर खान, तास खेल्न, फुटबल खेल्न जादा वा प्रत्यक्ष संम्पर्कमा आएकाहरु लाज नमानी स्थानिय सरकारको सम्पर्कमा आऔ।
५. होम क्वारेन्टाइनमा बस्ने घर परिवारको आर्थिक अवस्था कमजोर छ वा घरमा अति आवश्यक चिज छैन भने सोको व्यवस्थापन गरौ।
६. प्रहरी प्रशासनलाइ अझै पटक पटक ताकेता गरी गाउँ शिल गरौ र परिक्षणको काम चाडै शुरु गरौ।
७. गाउँ नै सील हुने अवस्थामा खाद्यान्न सामग्री, दिर्घ रोगीले सेवन गर्ने नियमित औषधी र अरु अति आवश्कीय सामान किन्न पाउने सहज र सुरक्षित प्रबन्ध मिलाऔ। अति गरिबलाइ राहत प्रदान गरौ।
८. केन्द्र सरकारको चासो यो प्रदेशमा नाम मात्रको भएकोले अरु बेला झै यस्तो अवस्थामा अलि कठिनाइ हुने कुरोलाइ सहज रुपमा लिइ सहयोग गरौ।
९. अलग बसेर खाली आदेश वा भ्रम फैलाउने काम बन्द गरौ।
१०. स्थानिय युवाहरुलाइ बढी भन्दा बढी परिचालन गरी सचेतना, सहयोग र व्यवस्थापनलाइ दुरुस्त बनाऔ।
११. मास्क नहुनेले गम्छा वा कुनै सफा कपडाले मुख छोप्ने, साबुन पानीले पटक पटक हात धुने गरौ। प्रत्येक घर परिवारमा साबुन छ भने कुरा सुनिश्चित गरौ। ९. क्वारेन्टाइनमा हेरचाह गर्नेको लागि मास्क, सेनिटाइजर लगायतका सुरक्षा सामग्रीको व्यवस्थापन गरौ।
१२. स्थानिय समुदाय, खटिएर सहयोग गर्ने व्यक्ती वा स्थानिय सरकारलाइ हामी सबै संगै छौ र कोरोनालाइ परास्त गर्न सकिन्छ भनी मनोबल बढाऔ।
१३. तपाइको मेयर र उनको टिम स्रोत साधन र जनशक्तिले भ्याए सम्म हरेक सहयोग गर्न लागि परेका छन र आफ्नो माथिल्ला निकायहरु संग समन्वय र सहकार्य गर्दै हर समय सिद्धपुरबासीको साथ दिन प्रतिबद्ध छन भने सुचना स्थानिय समक्ष सम्प्रेशण गरौ।
१४. कोरोना जो कोहीलाइ पनि हुन सक्छ, भैरहेको छ तसर्थ आरोप प्रत्यारोप र आपसी सदभाव बिग्रने कुनै पनि हर्कत नगरौ।
१५. केही सुझाव सल्लाह भएमा वडा कार्यालय वा गाउँपालिकासंग सम्पर्क गरौ।
१६. यो गाउँमा सहयोग गर्न इच्छुक संघ संस्थाहरु गाउँपालिकामा सम्पर्क गरौ।

त्रास हैन, सावधानी र हिम्मत गरौ ।
सबै मिली कोरोनासंग लडौ।

प्रमाेद जयसवाल
सखुवा प्रसाैनी गापा ५, महुवन

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...