Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु

spot_img
spot_img

काठमाडौँ । नेपालमा कोभिड-१९ (कोरोना) संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु भएको थियो ।

उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।

मन्त्रालयका अनुसार ती २५ वर्षीय पुरुष वैसाख ३० गते भारतबाट आएका थिए । उनलाई गए राति स्वास्थ्यमा समस्या आएको बताएको थियो । उनलाई ज्वरो तथा झाडापखालाको समस्या भएको थियो ।
मन्त्रालयले जनाए अनुसार उनको बिहान ६ बजेर ४० मिनेटमा निधन भएको थियो । नरैनापुरको मटैया-५ स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा बस्दै आएका उनको शनिबार मात्रै स्वाब संकलन गरी कोरोनाको लागि पीसीआर परीक्षण गर्न लगिएको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...