Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

पर्साका साँसदहरुद्वारा कोरोना संकटमा वीरगन्जको लागि बिशेष प्याकेज माग

spot_img
spot_img

वीरगन्ज । पर्सा जिल्लाबाट निर्वाचित साँसदद्वय प्रदीप यादव र लक्षमणलाल कर्णले पर्सा जिल्लाको लागि कोरोना संकटको सामना गर्नका लागि बिशेष प्याकेजको माग गरेका छन् ।

पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद यादव र क्षेत्र ४ बाट निर्वाचित साँसद कर्णले आइतवार उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेललाई भेंटेर आफ्नो माग राखेका हुन ।

सरकारको तर्फबाट कोरोना सम्बन्धमा संयोजनको भुमिकामा हरेका संघीय सरकारका उपप्रधानमन्त्री पोखरेलले वीरगन्ज मुलुकमै सबभन्दा बढी जोखिमको क्षेत्र भएकोले त्यहाँ चाहिने साधनस्रोत अबिलम्ब उपलब्ध गराउने प्रतिबद्धता दिएको साँसद यादवले बताए ।

वीरगन्जमा ठुलो आकारको बृहद र सुबिधासम्पन्न बेग्लै कोरोना अस्पताल बैकल्पिक रुपमा सुरु गर्ने, पिसिआर परिक्षणको दायरा बढाउनका लागि आवश्यक किट पर्याप्त संख्यामा उपलब्ध गराउन, अस्पताल भर्ना हुने संक्रमितहरुको उपचार, खाना तथा अन्य सुबिधा बिश्व स्वास्थ्य संगठनको मापदण्डमा अबिलम्ब सुरु गराउन र वीरगन्जमा जारी लकडाउन र निषेधाज्ञाले यहाँको जनजीवन कष्टकर बनेकोले उचित ब्यवस्थापन गर्न लगायतका माग साँसदद्वयले राखेका थिए ।

माग उपर सुनुवाइ गर्दै उपप्रधानमन्त्री पोखरेलले तत्कालै यसमा सकारात्मक पहल गर्ने प्रतिक्रिया दिए । उपप्रधानमन्त्री पोखरेलले तत्कालै वीरगन्जको नेशनल मेडिकल कलेजका संचालक महमद बसरुद्दीन अन्सारीलाई टेलीफोन गरी उक्त अस्पताललाई कोडिड–१९ अस्पताल बनाउनका लागि प्रक्रिया थाल्न निर्देशन दिएका छन् । त्यसतै पर्साका प्रम्ख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई समेत उपप्रधानमन्त्री पोखरेलले निर्देशन दिदै यसको लागि आवश्यक प्रबन्ध गर्न भनेका थिए ।

वीरगन्जको नारायणी अस्पतालमा सरकारले अहिलेसम्म कोभिड अस्पताल संचालन गरे पनि त्यसको क्षमताभन्दा बढी संक्रमित फेला परेका कारण यहाँ ब्यवस्थापनमा चुनौति भएको छ ।

वीरगन्ज महानगरपालिकामार्फत एउटा निजी अस्पताल थप रुपमा संचालनमा ल्याउन तयारी गरिए पनि त्यो पर्याप्त नभएकोले नेशनल मेडिकल कलेजलाई कोभिड अस्पतालको रुपमा संचालनमा ल्याउनुको बिकल्प नरहेको उपप्रधानमन्त्री पोखरेलसंगको छलफलको निश्कर्ष रहेको साँसद यादवले बताए । त्यसतै किट लगायत आवश्यक सामग्री आपुर्तीको लागि पनि उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य मन्त्रालय लगायतलाई निर्देशन दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...