Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

सखुवा प्रसाैनीका काेराेना संक्रमित तास र फुटबल समेत खेलेका थिए

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरका ३७ बर्षिय काेराेना संक्रमित गाउँमा हुदा तास र फुटबल समेत खेलेकाे खुलेकाे छ ।

स्थानियहरुका अनुसार संक्रमित ३७ बर्षिय पुरुष पूर्व आर्मिका जवान हुन् । काठमाण्डाैमा बस्दै आए पनि उनी लकडाउन मै एक महिना पहिला सब परिवारसंगै सिद्धपुर आफ्नाे घर आएका थिए ।

त्यस पछि  घर मै बस्दै आएकाे बेला गाउँकाे युवा साथीहरुकाे साथमा उनी तास र फुटबल समेत खेलेका थिए ।

एक हप्ता पहिला पुन: काठमाण्डाै फर्केका उनी स्वास्थ्यमा समस्या देखिए पछि काठमाण्डाै स्थित नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काेराेना परिक्षणकाे लागि आफ्नाे स्वाब दिएका थिए । शुक्रबार आएकाे रिपाेर्टमा ति पुरुषमा काेराेना पाेजेटिभ देखिएकाे प्रमुख प्रशासकिय अधिकृत संदेश यादवले वताए ।

संक्रमित एक हप्ता पहिला मात्र गाउँमा आफ्नाे परिवाकाे साथमा बस्नुकाे साथै गाउँमा घमफिर र खेल समेत खेलेकाले गाउँमा त्रास बढेकाे छ ।

संक्रमितकाे नजिकमा मात्र रहेका ५०/६० जनाकाे क्वारेन्टाइनमा राख्नु पर्ने र गाउँ नै सिल गरी तिनिहरुकाे स्वाब संकलन गरी काेराेना परिक्षण गराउनु पर्ने स्थानियहरुले माग समेत गरेका छन् ।

यता गाउँपालिकाले संक्रमितका नजिकमा रहेकाहरुलाई सिद्धपुर स्थित नै रहेकाे श्री नेरा आधारभुत विद्यालयमा क्वारेन्टाइनकाे स्थापना गरी राख्ने तयारी गरेकाे छ । आज सांझ सम्म नै संक्रमितकाे नजिकमा रहेकाहरुलाई क्वारेन्टाइनमा राखिने प्रमुख प्रशासकिय अधिकृत यादवले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अत्यधिक वर्षाको जोखिम बढ्दै : पर्सा प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

वीरगंज । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अत्यधिक भारी वर्षा भई नदी–नालामा पानीको बहाव बढ्ने तथा होचा भू–भाग डुबानमा पर्ने उच्च जोखिम देखिएपछि...

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...