Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पर्सा प्रहरीको ज्यादती बढ्दै, औषधी किन्न निस्केकोमाथि समेत कुटपिट

spot_img
spot_img

वीरगञ्ज । लकडाउन्मा प्रहरीको ज्यादती बढ्दै गएको छ । लकडाउन उलंघन गरेको निहुमा प्रहरीले सर्वसाधारणसँग दुर्वायाहार गरेकै थिए अब भने पत्रकार र सामाजिक कार्यकर्तालाई समेत कुट्पिट गर्न थालेका छन् ।

प्रहरीले शनिबार साँझ वीरगञ्जका समाजिक कार्यकर्ता दिपु बरनावालमाथि कुट्पिट गरेका छन् । साँझको समयमा दुरीको नियमलाई पालन गर्दै आवश्यक औषधि किन्न घर बाहिरा निस्केका बरनावालमाथि प्रहरीले दुर्व्यहार गरेको हो ।

वडा प्रहारी कार्यालय श्रीपुरबाट खटेको प्रहरीले आफुलाई कुट्पिट गरेको बरनावालले बताए । ‘आमाको लागि आवश्यक पर्ने औषधि किन्न निस्केको बेला प्रहरीले अचानक आएर म माथि कुट्पिट गर्न थाल्यो, बरनावालले भने, ‘मैले आफ्नो बचावमा केहि बोलु त्यो भन्दा पहिला दुई प्रहरीले मलाई डन्टाले हिर्काउन थाले ।

प्रहरीको कुटाईले दिपुको शरीरमा निलो डाम बसेको छ । ‘बरनावालले आवश्यक औषधि पनि किन्न नमिल्ने यो,’ भनि प्रश्न गरे, ‘ यो कस्तो लकडाउन ।

लकडाउन लागु भएदेखि स्थानीयमाथि प्रहरीको ज्यादती बढ्दै गएको छ । केहिदिन पहिला मात्र प्रहरीले नयाँ पत्रिका दैनिकका पर्सा सम्बादाता तिवारी यादवलाई समेत दुर्व्यवहार गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...