Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

गण्डक काेराेना अस्पताल, महानगरले हस्तान्तरण गर्याे नारायणीलाई

spot_img
spot_img

वीरगंज । गण्डक हस्पिटललाई काेराेना अस्पताल बनाई आज वीरगंज महानगरपालिकाले नारायणी अस्पतालाई हस्तान्तरण गरेकाे छ।

गण्डक हस्पिटलमा ७० बेडकाे आइसाेलेसन वार्ड तयार गरी नारायणी अस्पताललाई जिम्मा लगाइएकाे वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले वताउनुभयाे। गण्डकमा बनाइएकाे काेराेना अस्पताल भाेली (आइतबार) देखी संचालनमा ल्याउन सकिने मेयर सरावगीले जानकारी दिनुभयाे।

लामाे समयकाे प्रयास पछि तयार भएकाे काेराेना अस्पतालकाे निरिक्षण गर्दै मेयर सरावगीले नारायणी अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायलाई जिम्मा लगाउनु भएकाे हाे।

महानगरकाे व्यवस्थापनामा संचालन हुने काेराेना अस्पताल संचालनकाे जिम्मा नारायणी अस्पतालकाे हुनेछ । नारायणी अस्पतालकाे नामले नै गण्डकमा तयार गरिएकाे काेराेना अस्पताल संचालन हुने छ ।

काेराेना अस्पतालकाे लागि KN95 Respirators FFP2 १०० थान, 3Ply Surgical Mask १५०० थान, Medical use protective Clothing (EO ster erile) Level 2 ९० थान, gloves १८० थान, IR Thermaometer २ थान,  Shoes Cover ९० थान, head cover ९० थान, Hot Water Dispancer ३ थान पानी लगायतकाे थुप्रै मेडिकल सामग्री समेत हस्तान्तरण गरिएकाे मेयर सरावगीले वताउनुभयाे।

अनेकन बाधाअडचनका वाहजुद पनि मेयर सरावगीकाे लामाे समयकाे प्रयासले वीरगंजले काेराेना अस्पतालकाे रुपमा गण्डक अस्पताल पाएकाे छ।

हाल नारायणीमा रहेकाे काेराेना अस्पतालमा बेडकाे अभावले काेराेना संक्रमितलाई विद्यालयमा राख्नु पर्ने बाध्ययता थियाे भने अब केही हद सम्म त्याे बाध्यता अन्त्य भएकाे छ । तर पर्सामा काेराेना संक्रमित बढने क्रममा रहेकाेले अझै अरु ठाउँमा समेत काेराेना संक्रमितकाे उपचारकाे लागि अस्पतालकाे व्यवस्थापन गर्नु पर्ने आवश्यकता देखिन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...