Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

वीरगंजका सबै पत्रकारको कोरोना रिपोर्ट नेगेटिभ

spot_img
spot_img

वीरगन्ज । कोबिड १९ को आशंकामा गत बुधबार पिसिआर परीक्षण गरिएका वीरगन्जका सबै १०४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । नेपाल पत्रकार महासंघ  प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानका अनुसार गत बुधबार नारायणी अस्पतालमा पुगेर थ्रोट स्वाबको नमुना दिएका सबै पत्रकारको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

संगै काम गर्ने २ सहकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि वीरगन्जका अरु सबै पत्रकारलाई आफूमा पनि संक्रमण सरेको छ कि भन्ने आशंका थियो । त्यहि कारण वीरगन्ज र काठमाडौंका विभिन्न संचारगृहमा कार्यरत पत्रकारहरुले बुधबार नारायणी अस्पतालमा पुगेर परीक्षणका लागि आ-आफ्नो स्वाबको नमुना दिएका थिए ।

बुधबार अस्पतालमा पुगेका १०४ जना पत्रकारको स्वाबको नमूना संकलन गरेर अस्पतालले त्यही दिन पिसिआर परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो । टेकुको प्रयोगशालाबाट शनिबार बिहान प्राप्त रिपोर्टमा १०४ जना पत्रकारको रिपोर्ट नेगेटिभ आएको जानकारी अस्पतालले दिएको अध्यक्ष चौहानले बताए ।

मङगलबार २ पत्रकार पनि संक्रमण भेटिएपछि वीरगन्जका सबै पत्रकार मानसिक तनावमा थिए । केहि एफएमका सन्चारकर्मी घर नगइ ४ दिनदेखि  कार्यालयमै बसेका थिए । तर शनिबार सबैको रिपोर्ट नेगेटिभ आएपछि वीरगन्जका पत्रकारहरुले तनावमुक्त भइ खुशी महसुस गरिरहेको अध्यक्ष चौहानले जानकारी दिए ।

‘२ जना पत्रकारलाई संक्रमण देखिएपछि गाउँटोलमा पत्रकारलाई समाजका केही व्याक्तिले हेर्ने दृष्टिकोण नै फरक पाइएको थियो’ , चौहानले भने, ‘तर अब रिपोर्ट नेगेटिभ आएपछि समाजको दृष्टिकोण पक्कै पनि फेरिन्छ होला भन्ने अपेक्षा छ ।’

वीरगन्जमा अझै पनि केहि पत्रकारले पिसिआर परीक्षण नगराएको जानकारीमा आएको भन्दै चौहानले परीक्षण नगराएका पत्रकारहरुलाई पनि अस्पताल पुगेर परीक्षण गराउन आग्रह गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...