Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

अन्तत गण्डकलाई नै काेराेना अस्पताल बनाउने तयारी हुदै

spot_img
spot_img

वीरगंज । लामाे समयकाे प्रयास पछि अन्तत गण्डक अस्पताल नै काेराेना अस्पताल हुने भएकाे छ । वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा कोरोना संक्रमित भरिएका पछि गण्डक अस्पतालाई नै काेराेना अस्पताल बनाउने तयारी थालिएकाे हाे ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयले मंगलबार महानगरलाई कोविड अस्पताल संचालन गर्ने अधिकार दिएसँगै वीरगंज महानगरपालिकाले सम्झौता अनुरुप बिहीबार गण्डक अस्पतालको निरीक्षण गरेको छ ।

मन्त्रालयले वीरगंजको नारायणी अस्पतालको व्यस्थापन र वीरगंज महानगरको आर्थिक र भौतिक दायित्वमा सम्झौता गरेअनुसार कोभिड अस्पताल संचालनका लागि निर्देशन दिएको थियो ।

महानगरका मेयर बिजय सरावगी, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मदन उपाध्याय लगायतको टोलीले गण्डक अस्पतालको निरीक्षण गर्दै आवश्यक तयारी अघि बढाएको हो ।

वीरगंजमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै जाँदा कोरोना विशेष अस्पतालको आवश्यकता खड्किँदै गएपछि सम्झौता अनुरुप गण्डक अस्पतालमा संक्रमितको उपचार गर्ने ब्यवस्था मिलाउन लागिएको मेयर सरावगीले जानकारी दिनु भयो ।

गण्डक अस्पताललाई कोरोना विशेष अस्पताल बनाइने भएपछि त्यहाँ उपचार गराइरहेका विरामीलाई भने अन्यत्र ब्यवस्थापन गर्न लागिएको छ । अस्पतालमा अहिले १२ जनालाई भर्ना गरेर उपचार गरिरहेको र उनीहरुलाई अन्यत्र ब्यवस्थापन गरेर अस्पताल महानगरको जिम्मा लगाउन लागिएको अस्पतालका संचालक रहबर अन्सारीले बताउनु भयो ।

वीरगन्जमा मात्र ९० जना कोरोना संक्रमित छन्। जसमध्ये ७० जना नारायणी अस्पतालको आइसोलेसन बेडमा भर्ना भएका छन्।

बाँकी २० जनालाई अस्पतालमा ठाउँ नभएपछि विद्यालयको क्वारेन्टाइनमा राखिएको छ। थप हुने संक्रमितहरूको लागि अस्पतालमा ठाउँ छैन। उनीहरूलाई क्वारेन्टाइनमै लानुपर्ने हुन्छ।

अब थप कोरोना संक्रमितहरूलाई गण्डक अस्पतालमा बन्ने काेराेना अस्पतालमा नै भर्ना गरिने छ। वीरगन्ज संक्रमणको उच्च जोखिममा रहेकाले थप संक्रमित बढ्ने अनुमान गरिएको छ।

गत मंगलबार पर्साका ५७ जना संक्रमित थपिएपछि अस्पतालमा बेड नभएकै कारण त्यस मध्येका १७ जनालाई एकदिनसम्म अस्पताल भर्ना गरिएन। पछि विद्यालयमा रहेको क्वारेन्टाइनलाई नै सेमी आइसोलेसन बेड तयार पारेर तिनिहरुलाई राखियो। हिजो थपिएका तीनजना कोरोना संक्रमितसहित २० जना विद्यालयको क्वारेन्टाइनमा छन्। तीमध्ये एकजना कोरोना संक्रमितको उपचारमै खटिएका नर्स पनि छन्।

वीरगंज महानगरपालिकाका मेयर सरावगीकाे एकलाे प्रयासले मात्र याे पनि सम्भव हुने देखिएकाे छ । अझै पनि पर्सामा संक्रमितकाे संख्या बढने क्रममा रहेकाेले गण्डक अस्पतालमा बन्ने काेराेना अस्पतालले मात्र नभेयाउने र अरु अस्पताललाई पनि आइसाेलेसन बनाउनु पर्ने आवश्यकता देखिन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...