Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

कालिकामाईकाे एक बालकमा पनि काेराेना संक्रमण

spot_img
spot_img

बीरगन्ज । पर्साको कालिकामाई गाउँपालिकाका एक १५ महिने बालकमा पनि कोरोनाको संक्रमण देखिएको छ । पर्सामा हिजो पुष्टि भएका ३ जना मध्ये १५ महिने बालक कालिकामाईकाे रहेको पुष्टि भएको कालिकामाई गाउँपालिकाका प्रवक्ता पवन तिवारीले वताउनुभयो ।

संक्रमित ती बालक सो वडा नं. १ मुड्लीकाे रहेकाे प्रवक्ता तिवारीले जानकारी दिए । संक्रमित बालक आमासँगै गत बैशाख २७ गते भारतकाे सुगाैलीबाट आफ्नाे घर मुड्ली आएका थिए । आमामा कोरोनाको संक्रमण भए नभएको अहिले यकिन हुन नसकेको वडा नं. ५ का वडा अध्यक्ष समेत रहेकाे प्रवक्ता तिवारीले जानकारी दिनुभयो ।

हिजो ३ जनाका संक्रमण पुष्टि भएसँगै पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले तीन जनामा बीरगन्जको मुर्लीका पनि एक रहेको भनेर फेसबुकमा पोष्ट गरेका थिए । तर बीरगन्जको मुर्लीमा कोही पनि संक्रमित नरहेको पाइएपछि खोजी गर्दा कालिकामाई गाउँपालिकाको मुड्लीका ती १५ महिने बालक संक्रमित रहेको पुष्टि भएको तिवारीले जानकारी गराउनुभयाे ।

तिवारीका अनुसार संक्रमित बालक सहित उनकी आमालाई वीरगंज स्थित आइसाेलेसनमा हिजाे नै राखि सकिएकाे छ ।

संक्रमित बालककाे परिवारका अन्य सदस्यलाई पनि गाउँपालिकाकाे क्वारेन्टाइनमा राख्ने तयारी भइरहेकाे वडा नं. १ का वडाध्यक्ष रामशिष यादवले वताउनुभयाे ।

बालकमा संक्रमण पुष्ठि भएकाे हामी थाह पाए पछि उनका परिवारका अन्य सदस्यलाई हालकाे लागि घर भित्रै बस्न भनेका छाैं, हरिहरपुरमा रहेकाे गाउँपालिकाकाे क्वारेन्टाइनमा हाल ठाउँ नरहेकाेले अन्य ठाउँमा क्वारेन्टाइन निर्माण गरी राख्ने तयारीमा हामी लागेकाे यादवले वताउनु जानकारी गराउनुभयाे।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...