Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

निषेधाज्ञामा बेसहाराकाे सहारा बन्दै साहेब दरबार र समर्पण सेवा संस्थान

spot_img
spot_img

वीरगञ्ज । निषेधाज्ञामा पनि वीरगंज युवा नेता राजेशमान सिंह बेसहारा र निमुखाहरूकाे सहारा बनेका छन् । कोरोनाभाइरस अर्थात कोभिड-१९ महामारीलाई नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनका कारण गरिव र विपन्नलाई दोहोरो मार पुर्याएको छ ।

पछिल्लो समयमा वीरगञ्जमा संक्रमितहरुको संख्या बढेसँगै स्थानीय प्रशासनले जिल्लाभरि निषेधाज्ञा समेत जारी गरेकाे छ ।  जनता समाजवादी पार्टीका नेता समेत रहेका सिंह निषेधाज्ञा जारी भएको दोस्रो दिन पनि वीरगंजका बेसहारा निमुखाहरूलाई नि:शुल्क भोजन वितरण गरेका हुन् ।

सिंहले आफु नेतृत्व गर्ने संस्था साहिब दरबार सेवा संस्थान र सम्पर्ण सेवा संस्थाको सहयोगमा शहरका विभिन्न क्षेत्रकाे सडक पेटिमा अलपत्र रहेका, रिक्सा तथा ठेला चालक लगायतका गरिब र बेसहाराहरुलाई खाना वितरण गरेका हुन् ।

सिंहले नेपाल प्रहरीसँग समन्वय गरेर खान खुआउने कार्य गरेको बताए । उनले निषेधाज्ञा अवधिभरि यसरी नै विभिन्न स्थान पुगेर गरिवहरुको सेवा गर्ने जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...