Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

अस्पतालबाट फरार संक्रमित मध्ये एक पक्राउ, अझै एक फरार

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालकाे आइसाेलेसबाट फरार २ जना काेराेना संक्रमित मध्ये एक जना पक्राउ परेका छन् ।

अस्पतालबाट आज दिउसाे फरार भएका काेराेना संक्रमित मध्ये एक जना पक्राउ परेकाे नारायणी अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले वताउनु भयाे । पाेखरिया जाने बाटाेकाे तिलावे पुल स्थितबाट वीरगंज २ छपकैया निवासी संक्रमित पक्राउ परेकाे मेसु डा. उपाध्यायले जानकारी गराउनु भयाे ।

अझै एक जना वीरगंज इनार्वाका संक्रमित फरार रहेकाे डा. उपाध्यायले वताउनु भयाे ।

फरार संक्रमित मध्ये एक जना सम्पर्कमा आएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता नायब प्रहरी उपरिक्षक बिरेन्द्र साहीले वताउनुभयाे । सम्पर्क विहिन भएका संक्रमित मध्ये २८ बर्षिय पुरुष सम्पर्कमा आएकाे र हाल ति संक्रमितलाई अस्पताल ल्याउने काम भइरहेकाे साहीले जानकारी गराउनु भयाे ।

अर्का सम्पर्क विहिन भएकाे संक्रमितकाे खाेजि कार्यक भइरहेकाे साहीले वताउनु भयाे ।

अस्पतालकाे आइसाेलेसन वार्ड उपचार गराइरहेका काेराेना संक्रमित मध्ये आजै दिउसाे २ जना संक्रमित फरार भएका थिए । फरार भएका दुबै जना हजाे (मंगलबार) संक्रमण पुष्टि भए पछि अस्पताल भर्ना गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘लागुऔषधलाई भनौँ नाइँ, सपनालाई भनौँ हो’ भन्दै वीरगञ्जमा युवा र्‍याली

वीरगंज । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगञ्ज च्याप्टरले युवा नेतृत्व, उद्यमशीलता, सिर्जनशीलता र नवप्रवर्तनलाई केन्द्रमा राख्दै विशेष कार्यक्रम...

युवाको जोश र सोचलाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : अध्यक्ष सरार्फ

वीरगंज । जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य ओमप्रकाश सरार्फले युवालाई राष्ट्र निर्माणको वर्तमान शक्ति र परिवर्तनका प्रमुख संवाहकका रूपमा स्थापित गर्नुपर्ने...

वीरगंजका विद्यालयमा दुई दिन बिहान कक्षा सञ्चालन गर्न महानगरको निर्देशन

वीरगंज । अत्यधिक गर्मी बढेपछि वीरगंज महानगरपालिकाले महानगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन अनिवार्य रूपमा बिहानको कक्षा सञ्चालन गर्न निर्देशन दिएको...