Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

काेभिड अस्पताल संचालनकाे लागि निजि अस्पतालका संचालकसंग छलफल

spot_img
spot_img

वीरगंज । काेभिड अस्पताल संचालनकाे लागि वीरगंज महानगरपालिकाकाले वीरगंजका निजि अस्पतालका संचालकहरुसंग आज छलफल गरेकाे छ ।

महानगरपालिका कार्यालयमा भएकाे छलफलमा बिरगंजमा दुई किसिमको आईसुलेसन वार्डकाे संचालन गर्नु पर्ने सहमती भएकाे छ । निजि अस्पतालका संचालकहरुसंग भएकाे छलफलमा वीरगंजमा काेभिडकाे १९ काे जाेखिमलाई ध्यानमा राखी दुई किसिमकाे आइसाेलेसन वार्ड संचालन गर्न सहमती मएकाे वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले वताउनु भयाे ।

काेराेनाकाे बिरामी मध्ये जसमा कुनै किसिमको लक्षण छैन त्यस्लाई छुट्टै उपचार गर्नको लागी २ सय बेडको सिमि आईसुलेसन र अर्को सबै लक्षण भएका बिरामीकाे सघन रूपमा नै उपचार गर्नु पर्ने भएकाेले छुट्टै पचास बेडको पुर्ण उपकरण भेन्टिलेटर सहितकाे आईसुलेसन गण्डक अस्पतालमा चलाउने निर्णय भएकाे मेयर सरावगीले  जानकारी दिए ।

बैठकमा सहभागि सबै निजि अस्पतालका संचालकहरुले पनि आफूहरु काेभिड अस्पतालका लागि उपकरण र जनशक्ति दिने कुरामा सहमत भएकाे उहाँले वताउनुभयाे।

यसरि संचालन हुने दुईटै आईसुलेसन वार्डको नेतृत्व महानगरले प्रदेश र संघ सरकारको सहकार्यमा गर्ने छ भने वीरगंजका सबै निजि अस्पतालका संचालकहरुले आफूहरु कुन कुन उपकरण र कति कति जनशक्तीहरु दिने भोलि सम्ममा महानगरमा जानकारि गराउने छ्न् भने भोलि सम्म २ सय बेडको सिमि आईसुलेसन कुन ठाउँमा संचालन गर्ने कुराको समेत निर्णय हुने मेयर सरावगीले बताउनु भयाे ।

वीरगंजको अवस्था कस्तो हुने र त्यसको लागी हामी कतिको तयार छौ भने बिषयमा समेत बिस्तृत रुपमा छलफल भएको मेयर सरावगीका राजनितिक सल्लाकार मुकेश द्विवेदीले वताउनुभयाे । महानगरकाे आयाेजनामा भएकाे समन्वय बैठकमा भारत र हाम्रो देशमा करोना संक्रमितको संख्या बढदै गएको र झन वीरगंज नेपालको प्रमुख प्रदेशद्वार भएको र भारतसंग हाम्रो सिमाना जिडिएकोले हामी एकदम उच्च जोखिममा रहेका बैठका सहभागिहरुले भनाई रहेकाे द्विवेदीले जानकारी गरानुभयाे ।

त्यसैले चाहिएको जती अहिलेसम्म हामी पिसिआर परिक्षण गर्न नसकेकोले र हामी एकदम खतराकाे अवस्थामा छौ भने निजि अस्पतालका संचालकहरु सतर्क गराए । यसकाे लागि पुर्ण रुपले सबैको सहयोग लिएर गम्भीर रूपमा अगाडि बढेर ठुलो स्तरमा चेक जाच नगराए बिरगंज करोनाको ईपिक सेन्टर बन्न सक्ने चिन्ता समेत ब्यक्त गरेका थिए ।

नेशनल मेडिकल कलेजका तर्फबाट बैठकमा सहभागी एकजना चिकित्सकले भने नारायणी अस्पतालबाट कोभिड अस्पताल हटाउन नहुने बिचार ब्यक्त गरेका थिए ।

नारयाणी अस्पताललाई कोभिड अस्पतालका रुपमा संचालन गरेपछि त्याहा उपाचारलागि आउने नियमित स्वास्थ्य जाँचका बिरामीहरुको नेशनल मेडिकल कलेजमा उपचार हुदै आएको र त्यसबाट सरकारी भन्दा कैयौ गुणा बढी रकम लिन पाएकोले पनि मेडिकलकलेजका प्रतिनिधिले अन्यत्र कोभिड अस्पतालको स्थापनाको कुरा ठिक नहुने तर्क गरेका हुन ।

नेशनल मेडिकल कलेजका प्रतिनिधिले  नारायणीबाट कोभिड अस्पताल नहटाउन प्रस्ताव पेश गरेपछि बैठकमा भनाभन भएको थियो ।

बैठकमा मेयर सरावगीले आफू यस्तो बिकट घडिमा वीगंजबासीको स्वास्थ्य प्रति गम्भीर भएको र आफू हरेक किसिमको चाहिने ब्यवस्था गर्न तयार रहेको र मानव अस्तित्व माथि नै संकट परेको यस महामारीबाट लडन सबैको साथ र सहयाेग आवश्यकता रहेकाे वताएका थिए ।

मेयर सरावगीकाे अध्यक्षतामा भएकाे बैठकमा नारायणी अस्पतालका मेसु डा मदन कुमार उपाध्याय, वीरगंज महानगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत अरुण कुमार महताे, नेशनल मेडिकल कलेजका मेडिकल डाइरेक्ट्र डा प्रमाेद सरार्फ लगायतकाे उपस्थिति रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘लागुऔषधलाई भनौँ नाइँ, सपनालाई भनौँ हो’ भन्दै वीरगञ्जमा युवा र्‍याली

वीरगंज । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगञ्ज च्याप्टरले युवा नेतृत्व, उद्यमशीलता, सिर्जनशीलता र नवप्रवर्तनलाई केन्द्रमा राख्दै विशेष कार्यक्रम...

युवाको जोश र सोचलाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : अध्यक्ष सरार्फ

वीरगंज । जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य ओमप्रकाश सरार्फले युवालाई राष्ट्र निर्माणको वर्तमान शक्ति र परिवर्तनका प्रमुख संवाहकका रूपमा स्थापित गर्नुपर्ने...

वीरगंजका विद्यालयमा दुई दिन बिहान कक्षा सञ्चालन गर्न महानगरको निर्देशन

वीरगंज । अत्यधिक गर्मी बढेपछि वीरगंज महानगरपालिकाले महानगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन अनिवार्य रूपमा बिहानको कक्षा सञ्चालन गर्न निर्देशन दिएको...