Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

थप १३ जनामा संक्रमण पुष्टि, संक्रमितकाे संख्यामा १३४ पुग्याे

spot_img
spot_img

काठमाडौं । सोमबार एकैदिन नेपालमा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही र बर्दियामा सोमबार साँझ १३ जना नयाँ संक्रमित थपिएका हुन्। याेसंगै संक्रमितकाे संख्या एक सय ३४ पुगेकाे छ ।

यसअघि सोमबार नै ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ सय ३४ पुगेको हो। मन्त्रालयका अनुसार सोमबार साँझ पुष्टि हुनेमा कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ गरी १३ जना संक्रमित थपिएका हुन्।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभुमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुष, रुपन्देही समरीमाई गाउँपालिका ७ र लुम्बिनी संस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुष र बर्दियाको राजापुर ५ का ११ वर्षीया किशोरीमा संक्रमण पुष्टि भएको हो।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...