Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पत्रकार दुर्व्यवहारकाे विरुद्धमा प्रदर्शन

spot_img
spot_img

वीरगन्ज । प्रहरी ज्यादतीको विरोधमा वीरगन्जमा सोमबार पत्रकारहरुले सडकमा धर्ना दिएर प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ पर्साको आवहानमा पत्रकारहरुले घण्टाघर चोकस्थित सडकमा सोमबार बिहान ८ देखि साढे ८ बजे सम्म उभिएर धर्ना दिएर प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा पत्रकारले सामाजिक दुरी भने कायम राखेका थिए । कोरोना भाइरसको महमारी रोकथाम तथा नियन्त्रणका लागि डेढ महिनादेखि लकडाउन जारी छ । तर लकडाउन पालना गराउने बहानामा प्रहरीले पत्रकारलाई पक्राउ गरी दुर्व्यवहार गर्ने तथा विभिन्न पेशा, व्यवसायदेखि नागरिक समाज र सर्वसाधारणलाई प्रहरीले दुर्व्यवहार गरेको गुनासो बढेको छ ।

प्रहरीले सोमबार मात्रै वीरगन्जको नारायणी एफएम र नयाँ पत्रिकाका संवाददाता तिवारी यादवलाई एफएम स्टेशनबाटै पक्राउ गरेर हातपात गरेको थियो ।

४ घण्टा प्रहरी नियन्त्रणमा राखिएका यादवलाई पत्रकार संगठनको दबाबमा सोमबार बेलुकी साढे ६ बजे रिहा गरिएको थियो । उनको मोबाइल भने प्रहरीकै नियन्त्रणमा छ ।

सोमबार बिहान धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले लकडाउनमा प्रहरीको ज्यादती बढ्दै गएकाले त्यसको विरोधमा महासंघ आन्दोलनमा उत्रिन बाध्य भएको बताए । ‘वीरगन्जमा पत्रकारसँग प्रहरीले अपराधीको शैलीमा व्यवहार गरिरहेको छ’, उनले भने, ‘पत्रकार तिवारी यादवको मोबाइल अझै पनि फिर्ता दिएको छैन, पत्रकार यादवलाई अनाहकमा पक्राउ गरी कुटपिट गर्ने दोषी प्रहरीमाथि कारवाहीको माग गरिए पनि पर्सा प्रहरीले अझै बेवास्ता गरेको छ ।’

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले पर्सा प्रहरीको जनता माथिको व्यवहार असहिष्णु हुदै गएको आरोप लगाए । जनताको करबाट राष्ट्रसेवकको रुपमा काम गर्ने प्रहरीले विना पारिश्रमिक समाजलाई सुसूचित गर्ने सेवामा कार्यरत पत्रकारहरुलाई लाठी चलाएर शासन गर्ने दिवास्वप्न नदेख्न भन्दै उनले प्रहरीलाई चेतावनी दिए ।

मंगलबार विहान १० बजे पुन: घण्टाघरमा प्रदर्शन गरिने र त्यस पछि जिल्ला प्रशासन कार्यालय पर्सामा पुगी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने आन्दाेलनकाे कार्यक्रम रहेकाे महासंघ पर्साका अध्यक्ष बन्जाराले वताउनुभयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...