Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

पत्र नआए सम्म धर्ना जारी रहन्छ : नेता शमानी

spot_img
spot_img

वीरगंज । नारायणी अस्पताल सुचारु गर्न पत्र  नआए सम्म बिराेधकाे कार्यक्रम जारी रहने जनता समाजवादी पार्टीका नेता नेजामुद्दिन शमानीले वताउनु भएकाे छ ।

नेता शमानीले आज एक प्रेस विज्ञप्ती जारी गर्दै पर्सा, बारा, रौतहट, सर्लाही लगायत यस क्षेत्रको गरिब जनताको उपचार गराउने नारायणी अस्पताल बीरगंजलाई संघिय सरकारद्वारा कोरोना अस्पताल बनाए पछि जनता समाजवादी पार्टी लगायत सम्पूर्ण राजनीतिक दल नागरिक समाज संघ संस्थाले आवाज उठाउदा पनि सुनुवाइ नभए पछि बाध्य भएर लकडाउनको कारण  बैशाख २१ गते देखि प्रत्येक दिन आफनो घरको गेटमा कालो झंडा बान्धि धर्नामा बसेको र यो धर्ना पार्टीको नभई सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, आम जनसमुदायको भएकोले यस बिरोध धर्ना कार्यक्रममा साथ दिने सम्पूर्ण पार्टीका नेता, नागरिक समाजको अगुवा, पत्रकार, आम जन समुदायलाई धन्यवाद दिनु भएकाे छ ।

यसका साथै शमानीले संघिय सरकारको प्रतिनिधिले नारायणी अस्पताल सुचारु गर्नकोलागी पत्र दिने भनिएता पनि पत्र नआएको र संघिय सरकारको पत्रबाट कोरोना अस्पताल भएको कारण नारायणी अस्पताल सुचारु गर्न पत्र नआए सम्म (घर घरबाट बिरोध) भने नाराको साथ हाम्रो धर्ना अभियान प्रत्येक दिन बिहान १० बजे देखि ११ बजे सम्म जारी रहने वताउनु भएकाे हाे । उहाँले जनताको ज्यानसंग खेलवाड नगर्न सरकारसंग अनुरोध समेत गर्नु भएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...