Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

छिपहरमाई, जगरनाथपुर र जिराभवानीका एक सय ९ जनाकाे स्वाब संकलन

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई, जगरनाथपुर र जिराभवानी गाउँपालिकाका एक सय ९ जनाकाे पिसिआर परिक्षणकाे लागि एक सय ९ जनाकाे स्वाब संकलन गरिएकाे छ ।

छिपहरमाई गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेका ५७ र क्वारेन्टाइनमा १४ दिन सम्म बसेर घर गइसकेका ८ जना गरी ६५ जनाकाे पिसिआर परिक्षणकाे लागि स्वाब संकलन गरिएकाे हाे । क्वारेन्टाइन स्थल श्री मंगल मावि भिस्वामा नेपाल आर्मीकाे टाेलीद्वारा आज स्वाब संकलन गरी पिसिआर मेसिनबाट काेराेना परिक्षणकाे लागि वीरगंज स्थित नारायणी अस्पतालमा पठाइएकाे हाम्रा सम्वाददाताले जनाएका छन् ।

यस्तै पर्सा कै जगरनाथपुर गाउँपालिकामा समेत ४४ जनाकाे स्वाब संकलन गरिएकाे छ । वडा नं. ३ स्थित बिजबनियामा आज वीरगंजबाट आएकाे नेपाल आर्मीकाे टाेलीले जिराभवानी गाउँपालिका १० जना गरी ४४ जनाकाे स्वाब संकलन गरेकाे जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले वताउनुभयाे ।

गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेका २१ जना र अन्य १३ जना गरी जगरनाथपुरका ३४ जनाकाे स्वाब संकलन गरी पिसिआरबाट काेराेना परिक्षणकाे लागि वीरगंज स्थित नारायणी अस्पतालमा पठाइएकाे जगरनाथपुर गाउँपालिकाका स्वास्थ्य संयाेजक प्रभेन्द्र साहले वताउनुभयाे ।

बिजबनिया स्वास्थ्य चाैकीकाे नवनिर्मित भवनमा रहेका गाउँपालिकाकाे क्वारेन्टाइनमा बसेका सबै जनाकाे स्वाब संकलन गर्नुकाे साथै एक जना माैलवी, ३ जना अन्य मुस्लिम समुदायका व्यक्ती र स्वास्थ्यकर्मीहरुकाे स्वाब संकलन गरिएकाे साहले जानकारी गराउनुभयाे ।

मु्स्लिम समुदायका ३ जनाले आफ्नाे इच्छाले काेराेना परिक्षणकाे लागि स्वाब संकलन गराएकाे उहाँले वताउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...