Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

कोभिड-१९, अहिलेको परिवेश एवम समधान र सरकारलाई प्रशन ?

spot_img
spot_img

मानवजातिको इतिहास हेर्ने हो भने हामी धेरै किसिमका महामारीको चपेटमा परेको छौ | तर अहीले चलिरहेको महामारी, मानवजातीको इतिहासमा पहिलो पटक बिश्वलाइ नै डिस्टर्ब गरेको छ | यो महामारीले सम्पुर्ण मानवजातीलाई कैदी हुने अवस्था सिर्जाना गरेको छ | तसर्थ सबैले यो घडीमा आफुलाई असुरक्षीत मससुस गरिरहेका छन | नया कुरा के पनी आएको छ भने , पहिलो पटक होला सायद सबै वर्ग समान चिन्तित देखिएका छन | यसको निकासको निम्ती बिश्वका शक्तिशाली मुलुकहरु साथै अन्य मुलुकहरु पानी यसको उपचारको लागी औषधी खोजीमा व्यस्त देखिन्छन | यसले विश्व भरीका मुलुकहरु लाइ समान स्थानमा ल्याए पनी, माइग्रेन्ट मजदुर वर्गलाइ पिडा थपेको छ| श्रमिक मजदुरहरुको अवस्था दिन दिनै नाजुक हुदै गइरहेको छ | उनीहरुको जीवन अर्पण गर्ने अधार पूर्ण रुपले लथालिङ्ग एवंम भताभुङ्ग बनाएको छ |

यो समस्याको प्रवृधि ठुलो भएको हुनाले सरकारको भूमिका अत्यन्त आवश्यक छ | आम नागरिक देखि सरकारको माथिलो निकाय सम्मको सहकार्य हुन् जरुरी छ | नेपालको परिवेशमा हेर्ने हो भने , श्रमिक वर्गको वकालत गर्ने पार्टीनै सत्ता चलाइरहेको छ | लामो समय देखी श्रमिक वर्गको एडभोकेशी गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केन्द्रमा लगभग २/३ को बहुमतको सरकार छ र प्रदेश सरकारहरुमा ७ मध्ये ६ मा नेतृत्व लिएको छ | यस अवास्थामा यो प्रकारको सरकार हुनु सकारात्मक कुरा हो | यो बिशेष परिस्थितिमा सरकारले दुइवटा मुख्य कदम चाल्नु पर्ने आवस्यकता छ | पहिलो नागरिकको स्वास्थ सम्बन्धि चासो मुख्य हुनु पर्छ र अर्को फेजमा श्रमिक वर्गको जीवन चर्या चलाउन प्रसस्त राहतको व्यवस्थापन गर्नु पर्द छ | हाम्रो मुलुकको जनचेतना स्थर कम भएको हुनाले , जनचेतना प्रसस्त मात्राम फैलाउन पर्छ | कोभीड-१९ सम्बन्धि सुचना सामाजिक संजाल एवंम बिधुतिय मेडियाको मार्फतले जनसमुदायमा पुर्याउन सक्नु पर्छ |

हामी समाजिक प्राणि हौ, समाजमा स्वाभाविक रुपमा हरेक किसिमका मान्छे हुन्छन | यहा राजीनितिक साथै गैरराजनीतिक सबै चरित्रका व्यक्ति हुन्छन र यहि बाटनै हामीले जनप्रतिनिधि पानी चुनेका हुन्छौ । हामीले चुनेका सबैले काम गर्न नसक्नुको कारण के होला ? चाहिने जतिको बचेट छ, अधिकार प्राप्त हुदा पानी किन असफल ? किनभने , कुनै पानी काम गर्न इच्छा शक्ति चाहिन्छ र हामीले चुनेका केही पात्रहरुको गैर राजनीतिक चरित्रका हुन्छन | तसर्थ हामी निरास हुनु पर्छ |

प्रतेक दिन हजारौको संख्यामा श्रमिकहरु सडकमा अलपत्र परेको हामी संचार माध्यम र सामाजिक संजालमा देखछौ र हामी संग सरकारको आलोचना बाहेक केही गर्न सक्दैनौ |

अब प्रश्न आउँछ , आखिर किन सरकार मौन छ ? बिदेशमा फसेका नागरिकको उद्दार किन गर्न सकिरहेको छैन ? श्रमिक मजदुरहरु लाइ अहिले सम्म ब्यवास्ठापं किन गर्न सकिएन?

जुन वर्गको राजनीतक पौहुच छैन | सामाजिक स्थरबाट कमजोर देखिन्छन , त्यो वर्गको लागि नाबोल्दिनु अहिलेको राजनीतक नेतृत्वहरुको लागि श्राप नबन्ला भन्न सकिन्न | राहतकै कुरा गर्ने हो भने यो वर्ग अत्यधिक पिडित छ , सायद जनप्रतिनिधिहरु गैर राजनीतिक भएर पनि होला | जनप्रतिनिधिहरु राजनीतिक भएका भए , यो समस्या हुदैन थियो होला | तसर्थ जिम्मेवारी बोध गर्न आहिलेको आवस्यकता हो | हाम्रो देश सायद लामो सम्म लक् डाउन थेग्न नसक्ला | आर्थिक भार दिन दिनै बढिरहेको अवस्था छ , कलकरखाना बन्द ठप्प परेको अवस्था छ | मुलुकले ठुलो आर्थिक भार सहन नसकने आवस्था छ | पर्यटन वर्ष स्थगित हुन साथ् , त्यो क्षेत्रमा परेको समस्या पनि ठुलो छ | पर्यटन मजदुरहरु को व्यवस्थापन मूल च्यालेन्ज हुन सक्छ | तसर्थ , स्तार्कथा अपनाउदै सरकारले यो बेला उध्ययोगहरु संचालनमा लयाउनुको विकल्प छैन |

                                                                                                छाेटेलाल यादव
                                                                                                  प्रदेश कमिटी सदस्य
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...