Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

संचारमाध्यममा नाकारात्मक टिका टिप्पणी नगर्न अध्यक्ष यादवकाे आग्रह

spot_img
spot_img

वीरगंज । समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले संचारमाध्यममा टिका टिप्पणी नगर्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नु भएकाे छ ।

अध्यक्ष यादवले आज एक प्रेस विज्ञप्ती जारी गर्दै देशको बैकल्पिक शक्ति निमार्णको यस घडिमा समाजबादी पार्टीपर्साका केहि नेता तथा कार्यकर्ताहरुले रेडियो, टी.बी, समाजिक संजाल मार्फत एकअर्का प्रति गरेको टिप्पणी, दोषारोपण प्रति पार्टीको गंभिर ध्यानार्कषण भएको वताउनु भएकाे छ ।

यादवले जारी गर्नु भएकाे प्रेस विज्ञप्ती मार्फत सम्पुर्ण पार्टीका नेता तथा कार्यकर्ताहरु अब उपरान्त रेडियो, टी.बी, समाजिक संजालमा एकअर्का प्रतिको नाकारात्मक टिप्पणी नगरिदिन हुन सम्पुर्ण पार्टी पंक्तिमा अनुरोध गर्दै कुनै किसिमको असहजता महसुस भएको खण्डमा आपसी समन्वय र सहकार्यबाट नितिगत रुपमा पहलकदमी गर्न समेत अनुरोध गर्नु भएकाे छ ।

अब उपरान्त कुनै किसिमको नाकारात्मक टिका टिप्पणी गरेको देखिएमा पार्टीले पार्टीको बिधि र बिधान अनुसार आवश्यक कारवाही गरिने समेत अध्यक्ष यादवले हस्ताक्षरकाे विज्ञप्तीमा उल्लेख छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...