Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

कोरोना लडाईमा सहयोगस्वरूप नारायणी अस्पतालमा सांसद यादवले दिए पिपिई सेट

spot_img
spot_img

वीरगंज । वीरगंजमा बुधबार कोरोना संक्रमितको संख्या ह्वातै बढेपछि पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवले वीरगंजको नारायणी अस्पतालमा पिपिई सेट प्रदान गरेका छन् ।

पर्सा जिल्लामा कोरोना संक्रमण फैलिदै गएपछि कोरोना संक्रमित बिरामीलाई चेकजाँच गर्दा चिकित्सकले प्रयोग गर्ने पिपिई (पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) सेट अभाव हुन नदिन सांसद यादव आजै बिहीबार आफ्नो निवासमै बोलाएर नारायणी अस्पतालका चिकित्सक एवं कोरोना उपचारका कोर्डिनेटर डा. उदय नारायण सिंहलाई पिपिई सेट हस्तान्तरण गरेका हुन् ।

वीरगंजमा बुधबार १७ जनामा थप कोरोना संक्रमित पुष्टि भएपछि नारायणी अस्पतालमा उपचाररत कुल कोरोना संक्रमितको संख्या २८ पुगेको छ ।

जिल्लामा कोरोना संक्रमित बढेसंगै निरन्तर संक्रमित बिरामीको उपचारमा खटिरहेका स्वास्थयकर्मीहरु कोरोना संक्रमणको जोखिमबाट जोगिएर कोरोना महामारीलाई रोक्न सकुन भने उदेश्यसहित स्वास्थयकर्मीहरुलाई पिपिई सेट वितरण गरेको सांसद यादवले बताए ।

त्यसै गरी अहिले बीरगन्ज क्षेत्रमा परिचालित रहेका १० वटा एम्बुलेन्सका चालकलाई सान्सद यादवले आवश्यक सुरक्षा सामग्री बितरण गरेका छन । प्रत्येक एम्बुलेन्स चालकलाई पिपिइ ड्रेस, गम बुट, पंजा, कैंप चस्मा र सेनिटाइजर उनले उपलब्ध गराएका हुन ।

बुधबार (हिजो) मात्रै वीरगंजका एकै परिवारको १७ जनामा कोरोना संक्रमित पुष्टि भएपछि कोरोनाको उच्च जोखिममा रहेको वीरगंज कोरोना फैलिन नदिन आवश्यक पर्ने हरेक सामग्री उपल्ब्ध गराउन आफू तत्पर रहेको सांसद यादवले बताए ।

पर्साबासीको लागि मात्रै होइन, देशका सम्पूर्ण जनतालाई कोरोना जस्तो भ्यावह महामारीबाट जोगाउन चिकित्सकहरुले निर्वाह गरिहेको भूमिका समस्त देशबासीकै लागि कल्याणकारी रहेको बताउँदै सांसद यादवले कोरोना विरामी चेकजाँच गर्ने चिकित्सकलाई सुरक्षाका निम्ति सम्पूर्ण स्वास्थय सामग्री उपलब्ध गराउन संघीय सरकारसंग मांग पनि गरे ।

कोरोना भाइरसको लडाईमा आम सर्वसाधारण जनता सजगताका साथ यसबाट बच्ने हरेक उपाय अपनाई यसको रोकथाम गर्ने लडाईमा आम जनताले पनि उतरदायि भूमिका खेल्नु पर्ने नागरिक कर्तव्य रहेको सांसद यादवको भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...