Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

सांसद यादवले बाँडे पत्रकारहरुलाई मास्क र सेनिटाइजर

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. १ का संघिय सांसद प्रदिप यादवले आज पत्रकाहरुलाई मास्क र सेनिटाइजर बाँड्नु भएकाे छ ।

वीरगंजकाे घण्टाघरमा करिब ४ दर्जन पर्सेली संचारकर्मीहरुलाई सांसद यादवले थ्रि एम मास्क एक थान, सेनिटाइजर १०० एमएल र ग्लाेभ्स एक थान वितरण गर्नु भएकाे हाे ।

यसका साथै सांसद यादवले नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्सालाई लेजर थर्मामिटर एक थान, एक बाेतल सेनिटाइजर, माक्स एक थान, ग्लाेभस एक थान सहयाेग गर्नु भएकाे छ ।

काेराेना भाइरसकाे महामारीमा ज्यानकाे बाजी लगाएर खटिने संचारकर्मीहरुलाई आफ्नाे तलब भत्ताबाट सुरक्षा सामग्री सहयाेग गरेकाे सांसद यादवले वताउनुभयाे । यसका साथै आफ्नाे निर्वाचन क्षेत्र अन्तर्गतका १९ वटा वडाका स्वास्थ्य संस्थामा पिपिई सेट, माक्स र सेनिटाइजर आफुले वितरण गरिरहेकाे सांसद यादवले जानकारी गराउनु भयाे ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले काेराेना महामारीकाे बेला पत्रकारहरुलाई काेई नसमझेकाे बेला सांसद यादवले सम्झेकाे भन्दै धन्यावद ज्ञापन समेत गर्नु भयाे ।

साे अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चाैहान, पूर्व जिल्ला अध्यक्ष अशाेक तिवारी, समाजवादी पार्टीका वीरगंज महानगर अध्यक्ष इशवर यादव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...