Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

सांसद यादवले बाँडे पत्रकारहरुलाई मास्क र सेनिटाइजर

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. १ का संघिय सांसद प्रदिप यादवले आज पत्रकाहरुलाई मास्क र सेनिटाइजर बाँड्नु भएकाे छ ।

वीरगंजकाे घण्टाघरमा करिब ४ दर्जन पर्सेली संचारकर्मीहरुलाई सांसद यादवले थ्रि एम मास्क एक थान, सेनिटाइजर १०० एमएल र ग्लाेभ्स एक थान वितरण गर्नु भएकाे हाे ।

यसका साथै सांसद यादवले नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्सालाई लेजर थर्मामिटर एक थान, एक बाेतल सेनिटाइजर, माक्स एक थान, ग्लाेभस एक थान सहयाेग गर्नु भएकाे छ ।

काेराेना भाइरसकाे महामारीमा ज्यानकाे बाजी लगाएर खटिने संचारकर्मीहरुलाई आफ्नाे तलब भत्ताबाट सुरक्षा सामग्री सहयाेग गरेकाे सांसद यादवले वताउनुभयाे । यसका साथै आफ्नाे निर्वाचन क्षेत्र अन्तर्गतका १९ वटा वडाका स्वास्थ्य संस्थामा पिपिई सेट, माक्स र सेनिटाइजर आफुले वितरण गरिरहेकाे सांसद यादवले जानकारी गराउनु भयाे ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले काेराेना महामारीकाे बेला पत्रकारहरुलाई काेई नसमझेकाे बेला सांसद यादवले सम्झेकाे भन्दै धन्यावद ज्ञापन समेत गर्नु भयाे ।

साे अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चाैहान, पूर्व जिल्ला अध्यक्ष अशाेक तिवारी, समाजवादी पार्टीका वीरगंज महानगर अध्यक्ष इशवर यादव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...