Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

नारायणी अस्पतालकाे सम्पूर्ण सेवा सुचारु गराउन आफ्नै घर अगाडी धर्ना

spot_img
spot_img

वीरगंज । वीरगंज स्थित नारायणी अस्पतालकाे सम्पूर्ण सेवा सुचारु गराउन माग राख्दै आज देखी धर्ना कार्यक्रम सुरु भएकाे छ ।

जनता समाजवादी पार्टीका नेता नेजामुदिन सम्मानीले आज देखी आफ्नाे घरकाे मुल गेटमा कालाे झन्डा टांगी धर्ना बसेका हुन् । नारायणी अस्पतालकाे जेनरल सेवा सुचारु गराउन दबावकाे लागि विहान १० बजे देखी ११ बजे सम्म आफ्नाे घरकाे बरन्डामा धर्ना बसेकाे र याे धर्ना कार्यक्रम जारी रहने नेता सम्मानीले वताउनु भयाे ।

सम्मानीले नारायणी अस्पतालकाे सेवा सुचारु गराउन अहिले लकडाउन रहेकाेले सबैले आ आफ्नाे घरमा कालाे झन्डा झुन्डयाउनुकाे साथै घरकाे गेट वा बरन्डामा बसी प्रत्येक दिन एक घण्टा धर्ना दिनु पर्ने आग्रह समेत गर्नु भयाे ।

यस्तै जनता समाजवादी पार्टीका नेता समेत रहेका भिजिट मधेशका राष्ट्रिय संयाेजक ओमपक्रकाश सरार्फले पनि आज धर्ना दिएका छन् । नारायणी अस्पतालकाे सम्पूर्ण सेवा सुचारु गर्न माग राख्दै नेता सरार्फ पनि आफ्नाे घरकाे मुल गेटमा धर्ना दिएका हुन् ।

“नरायणि अस्पताल “को सबै सेवा तुरन्त सुचारु गर्न लकडाउनको बाध्यताले आज आफ्नो घरको गेट अगाडि नै धर्ना दिएको नेता सरार्फले वताउनु भयाे ।

अहिले लकडाउन  रहेकाले यो समाजिक आन्दोलनमा एक्यबदता जनाउन सबैले आ-आफ्नो घरको गेटमा धर्ना दिएर तस्बिर समाजिक सन्जालमा राखेर समर्थन जनाउनु पर्ने सरार्फले वताउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...